परियार समाज दाङको प्रथम अधिवेशन भोली



सैघाली खबर
दाङ,श्रावण ६ । परियार सेवा समाज दाङको प्रथम जिल्ला सम्मेलन भोली घोराहीमा हुने भएको छ । सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको परियार सेवा समाज दाङका संयोजक केशव नेपालीले वताउनुभयो । दाङ उद्योग वाणिज्य संघको सभाहलमा भोली विहान ११ हुने अधिबेशनको उद्घाटन परियार सेवा समाजका केन्द्रिय महासचिव धर्म रनपालले गर्ने संयोजक नेपालीले जानकारी दिनुभयो । अधिवेशनमा सहभागि हुन संयोजक नेपालीले राजनितिक दल,पत्रकार,नागरिक समाज, सबैमा आग्रह गर्नु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्