जङ्गलमा महिलाको शव



कञ्चनपुर, ९ असोज. लालझाडी गाउँपालिका–१ हिम्मतपुर जङ्गलमा सोमबार साँझ महिलाको शव भेटिएको छ । पहिचान खुल्न नसकेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव बरामद गरी परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पठाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्