कर्मचारी संमायोजनमा कुनै अप्ठेरो पर्दैनः प्रजिअ



 

सैघाली खबर
दाङ ६ , साउन ।  प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले स्थानिय तहको कर्मचारी विभाजनमा कुनै अप्ठेरो नपर्नेवताएका छन । निजामति कर्मचारीहरुको आधिकारीक टे«ड युनियन जिल्ला कार्य समितिको कार्यालय उद्घान कार्यक्रम शुक्रबार घोराहीमा यस्तो वताएका हुन । निजामति कर्मचारीहरुको आधिकारीक टे«ड युनियन दाङका अध्यक्ष दल वहादुर वस्नेतको अध्यक्षता एंव दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठको प्रमुख आतिथ्यता तथा स्थानिय विकास अधिकारी कुल वहादुर जिसीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले स्थानिय तहको कर्मचारी संमायोजना तथा विभाजन न्यायोचित व्यावहारीक रुपमा व्यावस्थापन गरिने वताए ।

स्थानिय तह निर्माण संगै राष्ट्र सेवक कर्मचारीहरु लाई थप अवसर र चुनौती थपिर्एकाले त्यो अवसर सफलता र चुनौती लाई विकल्पमा रुपान्तर गरी संघियता कार्यन्वयनमा राष्ट्र सेवक कर्मचारीहरु अझै न नागरिकको सेवामा लाग्नु पर्ने वताए । उनले भने ‘ राष्ट्र सेवक कर्मचारीहरुको नागरिकको सेवक र मुलुक रक्षक रहेकाले परिवर्तन लाई सहज स्वीकार गर्दै नागरिकको सेवामा लाग्नु पर्छ । ’ सवै समायोजनमा पर्न लागेको कर्मचारीहरु घरपाएक पारी समायोजनाका लागि सिफरिस गरी कर्मचारीहरु लाई न्याय दिलाउने वताए । संघियता रक्षा गरी गणतन्त्रको सही अनुभुती दिलाउने काम निजामति कर्मचारी नै रहेकाले अव कर्मचारी गाँउ–गाँउमा पुगेर घरघरमा नागरिक सेवा वाड्नु पर्ने जोड दिए । जिल्लमा करिव एक सय कर्मचारीहरुको समायोजन भई सकेकाले अव केही चुनौती देखिएका क्षेत्रमा पनि छिट्टै कर्मचारीको व्यावस्था गरी सेवा सुचारु गरिने वताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि कुल बहादुर जिसीले सरकारले माथि सैद्धान्तिक दस्तावेजहरु आधिकारीक रुपमा पठाउन नसक्दा कर्मचारीहरु काम गर्न सकस परेको वताए । संघियता कार्यन्वयनका लागि निर्वाचित जनप्रतिनिधि र स्थानिय तहमा खटिएका कर्मचारीहरु लाई मौखिक रुपमा कामको चाजोपाचो मिलाउदा स्थानिय तहमा काम गर्न अप्ठेरो परिरहेको वताए । उनले भने ‘ आधिकारीता सहित सरकारले स्थानिय तहको कुनै आधिकारीक कामकाजमा दस्तावेजहरु पठाएको र्छैन । कर्मचारीहरु अन्यौलमा परेका छौ , त्यसमा सरकारले कुनै जवाफ फर्काएको छैन । ’

उक्त कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियन संघ दाङका अध्यक्ष बामदेव शर्मा, नेपाल निजामति कर्मचारी संगठन दाङका उपाध्यक्ष नारायणप्रसाद घर्ति, राष्ट्रिय कर्मचारी संगठन निजामति दाङका किरण अधिकारी, मधेसी निजामति कर्मचारी मन्च दाङका अध्यक्ष धरणीधर चौधरी, नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष मदन कुमार शर्मा, नेपाल नगरपालिका एशोसियशनको केन्द्रिय उपाध्यक्ष जंग बहादुर जि.सी., पेशागत महासंघका नेपाल दाङका अध्यक्ष स्यानु नारायण अधिकारी, नेपाल निबृत राष्ट्रसेबक समाज दाङका अध्यक्ष वा प्रतिनिधि चतुरमान डाँगी, सेवा निवृत राष्ट्रसेवक संघ, नेपाल दाङका अध्यक्ष विकास गौतम लगाएतकाले भनाई राखेका थिए । निजामति कर्मचारीह्रुको आधिकारीक टे«ड युनियन दाङका उपाध्यक्ष अमरराज शर्माको स्वागत मन्तव्य बाट सरु भएको कार्यक्रको सहजिकरण निजामति कर्मचारीका सचिव श्रीधर अधिकारीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्