जिल्लामै थन्किए औषधी , स्वास्थ्यचौकीहरुमा सिटामोल सिरफ र भिटामिन ‘बि ’ को अभाव



गिरिराज नेपाली
दाङ ६ ,साउन । २ महिना जिल्लाका स्वास्थ्यचौकीहरुमा औषधी पुग्न सकेका छैनन । स्वास्थ्यचौकीमा पु¥याउने भनि जिल्लामा राखिएका ३५ प्रकारका निशुल्क औषधीहरु गत जेष्ठ महिना यता जिल्लामा नै थन्किरहेका छन । जिल्लाका सवै स्वास्थ्यसंस्थाहरुमा करिव २÷३ महिना पुग्ने गरी गत जेष्ठको पहिलो साता उपलव्ध गराए पनि थप औषधीका लागि स्वास्थ्यसंस्थाहरु नफर्किएकाले औषधीहरु करिव २ महिना देखी जिल्लामा थन्किरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले दाङले जनाएको छ । भने वर्षायाम सुरु भई सक्दा समेत जिल्लामा भित्रिएको औषधीहरु गाँउ पुग्न नसक्दा स्वास्थ्संस्थाहरुले विरामीहरु लाई निजि स्वास्थ्य स्वास्थ्यसंस्थामा पठाउनु पर्ने वाध्यतामा परेका छन ।

तुलसीपुर उप–महानगरपालिका ११ उरहरी स्वास्थ्यचौकीका प्रमुख विष्णु पौडेलले २÷३ यता स्वास्थ्यचौकीमा सिटामोल सिरफ र भिटामनि वि कम्पेलेक्स रितिएकाले विरामी फर्काउनु परेको जानकारी दिए । उनले भने – मौज्दात अभावका र विरामी सख्या दिनादिन थपिदै जानले औषधी रित्तिदै जान थालेको वताए । औषधी अभाव हुदा दुई दिन यता विरामीहरु लाई औषधी खरिदका लागि निजि स्वास्थ्य संस्थामा पठाउनु पर्ने वाध्यता परेको उनले वताए । वर्षायाम संगै वालवालिका र वृद्धहरुको विरामी दर वढ्न सुरु गरेकाले औषधी अभाव पनि देखिन सुरु गरेको उनले वताए । उनले भने –‘ अन्य औषधीहरुको मौज्दात थुप्रै वाँकी छन । ’ तर वालवालिकहरुको लागि आवश्यक पर्ने सिटामोल सिरफ र भिटामिन वि कम्पेलेक्स अहिले रित्तिएको छ । ’ तर जिल्ला जनस्वास्थ्य कार्यालय खवर गरेका छौ । २÷४ दिन भित्रै पु¥याउछौ भने खवर पाएका छौ । पौडेलले भने –‘ २÷३ दिनयता वालवालिका र वृद्धवृद्धाहरुको विरामी सख्या पनि ह्वात्तै वढेको छन । ’  तर यता जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जिल्लाका ३९ वटा स्वास्थ्यचौकीहरु महिना दिन यता औषधी पठाएको छैन । जेष्ठको पहिलो महिना सवै स्वास्थ्य संस्थामा प्रर्याप्त औषधी निर्यात गरे पनि करिव २ महिना जिल्ला स्वास्थ्यचौकीहरुमा औषधी नपुग्दा स्वास्थ्यचौकीहरुमा औषधी अभाव सुरु हुन थालेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेलका अनुसार आर्थिक वर्ष ०७३ ÷७४ को अन्तिम चौमासिक रुपमा जिल्लामा सवै स्वास्थ्यसंस्थाहरुमा औषधी निर्यात गरे पनि हाल सम्म औषधी पु¥याउन नसकिएको वताए । करिव २ ÷३ महिना लाई पुग्ने गरी जिल्लामा सवै स्वास्थ्चौकीहरुमा औषधी उपलव्ध गराए पनि वर्षायम संगै विरामीहरुको सख्या थपिदा जाँदा औषधी अभाव हुन सक्ने उनले वताए ।

लामो खडेरी पछिको वर्षात कारण संक्रमणजन्य रोगहरु लाग्न सक्ने भएकाले वालवालिका र वृद्धवृद्धाहरुको लागि चाहिन सक्ने भिटामिन र सिटामोल सिरफ अभाव देखिएको वताउदै उनले भने ‘ आजै देखी तत्काल औषधी अभाव भएका स्वास्थ्यचौकीहरुमा औषधी उपलव्ध गराउने जानकारी दिए । जिल्लामा करिव ३ महिना सम्म लाई पुग्ने औषधीको मौज्दात वाँकी रहेकाले ति औषधीहरु लाई आज देखी स्वास्थ्यचौकीहरुमा पु¥याईने काम सुरु गरिने वताए । जनस्वास्थ्य प्रमुख पोख्रेलले भने –‘ जिल्ला पनि सिटामोल सिरफ र भिटामिन ‘बि’ कम्पेलेक्स २÷४ दिन यता ‘स्टक’ रित्तिएकाले स्वास्थ्यसंस्थाहरुमा पु¥याउन सकिएको थिएन्न । ’ हाल जिल्लामा ति दुई प्रकारका औषधीहरु आईसकेकाले तत्कालै सवै स्वास्थ्यसंस्थाहरुमा पु¥याउन सुरु गरिने उनले वताए । पोख्रेलले भने – आर्थिक वर्ष ०७३ ÷७४मा जिल्लामा सवै स्वास्थ्य संस्थाहरु लाई प्रर्याप्त औषधीहरु उपलव्ध गराई वाँकी रहेका औषधीहरु जिल्लामा नै राखिरहेकाले हाल सम्म गत आथिर्क वर्षको मौज्दात औषधीले काम चलाई रहेको वताए । एक वर्षमा कम्तिमा पनि ३ पटक चौमासिक रुपमा सवै स्वास्थ्यसंस्थाहरु लाई औषधी पु¥याईने व्यवास्था गरेका छौ । तर अभाव देखिएका ठाँउमा स्वास्थ्यसंस्था आफैले माग गरि लैजाने सकिने व्यावस्था पनि मिलाएका छौ ।

वर्षातको समय सुरु भएर होला केही ठाँउमा औषधी रित्तिए पनि पु¥याउन नसकिएको भने अधिकाश स्वास्थ्यस्ंस्थामा औषधीको उपलव्धता गराएका छौ । जनस्वास्थ्य प्रमुख पोख्रलले भने वर्षातका कारण कोइलावास , पहाडी क्षेत्र लगाएत पश्चिम क्षेत्रमा केही औषधी अभाव सुरु भएका छन । किनकी उपचारका लागि वर्षेनी ति क्षेत्रहरुमा विरामी चाँप वढ्ने गर्छ । त्यही अनुपात लाई मध्येनजर गर्दै जनस्वास्थ्यले प िनगत जेष्ठमै आवश्यक औषधी पु¥याई सकेकाले अभाव देखिएका स्वास्थ्यचौकीहरुमा तत्कालै र अन्य क्षेत्रमा साउनको दोस्रो साता सम्ममा औषधी पु¥याईने व्यावस्था गरिने जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्