आधारभुत यौन तथा प्रजनन स्वास्थ्य सेवा तालिम सुरु



दाङ, ९ असोज ।
नेपाल परिवार नियोजन संघ दाङ शाखाको आयोजनामा सामुदायिक परामर्श दाता र साथी शिक्षकहरुलाई आधारभुत यौन तथा प्रजनन स्वास्थ्य सेवा र परामर्श सम्वन्धी तालिम सुरु भएको छ ।

तालिम ३ दिन सम्म सञ्चालन हुने छ । तालिममा परिवार नियोजन सम्वन्धी परामर्श प्रजनन स्वास्थ्य र यसका आधारभुत तत्व, परिवार नियोजन सम्वन्धी परिचय तथा सुसुचित छनोट, यौन यौनिक र यसका आयाम, यौन रोग तथा एच आइ भि एडस रोग थाम, गर्भा अवस्था समवन्धी परामर्श, गर्भाअवस्थाको पहिचान परिक्षण विधी, आकस्मीक परिवार नियोजन सम्वन्धी परार्मश, लैङगिक विभेदमा आधारीत हिसा लगाएतका विषयमा तालिम दिइने भएको छ ।

तालिमका प्रशिक्षकहरुमा संघका शाखा प्रवन्धक वशन्त खनाल, अनुगमन तथा मुल्याङकन अधिकृत नमराज अधिकारी, स्टाप नर्सहरु सरिता तामाङ ,प्रभा केसी मेडिकल अधिकृत डा रविन आचार्य रहेका छन् ।

तालिमको मंगलवार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरीएको हो । तालिम उद्घाटन कार्यक्रम संघका सचिव माया पोख्रेलको अध्यक्षतामा भएको थियो । तालिमको विषय प्रवेश शाखा प्रवन्धक खनालले गराएका थिए । कार्यक्रमको सहजिकरण नमराज अधिकारीले गरेका थिए । तालिममा विभिन्न क्षेत्रका महिला र पुरुष गरी २६ जनाको सहभागिता रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्