बिचल्लीमा सुनार परिवार – उपचार नपाउँदा बालिकाको मृत्यु, विरामी बृद्ध दम्पति उपचार नउपाउँदा घरमै थलिए



जनक नेपाली

दाङ,१० असोज । घोराही उपमहानगरपालिका २ बालापुर स्थित बाटो डिलमाथीको झुप्रोमा मान्छेको भिड देखिन्थ्यो । दृश्य हेर्दा लाग्थ्यो(उनको परिवार माथि ठुलै विपत्त आइ लागेको छ । उमेरले डाँडा काटेका नारद सुनार र उनकी श्रीमति मना सुनारले घरमा आउँने जो कसैको साथ पाइन्छ कि भन्दै यसरी नै हात फैलाउँदै हिड्छन । गरिव र अभावको चपेटामा परेको यो परिवार समाजमा पनि उत्तिकै तिरस्कृत बन्दै आएका छन् ।

यो दम्पती पछिल्लो समय खान समेत नपाएर भोकभोकै बस्नु पर्ने अवस्था रहेको नारदका छोरा भुपबहादुर सुनारले वताए । ६० बर्षीय नारद र ७० बर्षीय मना सुनारसंग यतिवेला न खानालाई गाँस छ न विरामी पर्दा औषधी गर्ने एक पैसा नै छ । अहिले भोकै भोकै बस्नु पर्ने बाध्य बनेको भुपबहादुरले वताए । घरमा भएका सबै जना सदस्य अपांग र विरामी भएको वताउँदै जनक नेपाली औषधी गर्न नसक्दा मृत्यु कुर्दै बृद्ध दम्पती उनले भगवानले समेत आफ्नो परिवारलाई ठगेको गुनासो गरे ।

‘आमा घाँटीको क्यान्सरले थलिएकी छिन् बा तालवाट खस्दा कम्मर देखि तल्लो भागले कामगर्न छाड्यो,’ उँनले भने, ‘मैले आखाँ देख्न सक्दैन, मुटुमा प्वाल परेकी छोरीको उपचार गर्न नसक्दा केही दिन पहिले उसको ज्यान गयो ।’ उपचार गर्न नसक्दा आफ्नी आमा विस्तारामै थला परेको वताउँदै अहिले परिवारमा दैनिक छाक टार्न समेत मुस्किल परेको उनको दुखेसो छ । भत्किन लागेको छाप्रोमा बस्दै आएको दलित दम्पती भगवान कै भरोसामा बाँचिरहेका छन् । यहीँ बुकुरोभित्र यी दलित दम्पत्ती जीवनका अन्तिम दिनहरु गन्दै बाँचिरहेका छन् ।

मैलो शरिर, मयलले कटकटिएका पुराना कपडाले लाज छोपेका नारदले भने, ‘फेर्ने कपडा छैन, सुत्नलाई ओछ्यान छैन, अरु त के खानलाई पनि अन्नै छैन, खानलाई चामल, नून तेल क्यैछैन, मागेर कसैले दिदैन ।’ पहिले गाउँलेहरुले अलि(अलि सहयोग गरे पनि आजभोलि कसैले केही सहयोग नदिएको उनको दुखेसो छ । त्यो दम्पतीको चुलो कहिलेकाँही मात्र बल्छ । ‘कसैले दया गरेर चामल र पीठो ल्याइदिए मात्र खाना पाक्ने गर्छ, भुपबहादुरले गहभरि आँसु पार्दै भने , ‘काम गर्न सक्ने अवस्था छैन, माग्न जान सक्दैनौ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्