३९औँ पुष्पलाल स्मृति दिवस



सैघाली खबर
काठमाडौं, ७ साउन –
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस शनिबार मनाइँदैछ ।पुष्पलालले २००६ साल वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता पुष्पलाल १९८१ असार १५ गते रामेछापमा जन्मनुभएको थियो । उहाँ शहीद गङ्गालाल श्रेष्ठका भाइ हुनुहुन्छ ।

उहाँले स्थापना गर्नुभएको कम्युनिष्ट पार्टी अहिले विभिन्न समूहमा विभाजित भएपनि प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् । उहाँको २०३५ साल साउन ७ गते निर्वासनका बेला भारतमा निधन भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्