श्रमको मुल्य कहिलै खोजेनौ परियार



 

 जनक नेपाली 

 

दाङ, श्रावण ७ । परियार सेवा समाजका केन्द्रिय महासचिव धर्म परियारले दमाई जाति श्रमको मुल्य नखोज्दा पछाडि परेको वताउनु भएको छ । परिवार सेवा समाज दाङको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो वताउनुभयो । पुर्खा देखिनै अर्कालाई राम्रो वनाउँने निहुमा आफुहरु पछि परेको वताउनुभयो ।   धेरै समय अरुका लागी खर्च गर्दै आएको वताउँदै त्यसले सिङ्गो दलित समुदायको आर्थिक अबस्था कमजोर बनाई दिएको उल्लेख गर्नुभयो ।  ।  नेपालमा दमाई जातिले गर्दै आएका बाजा, बजाउँने कपडा सिलाउँने पेसा लोप हुदै गएको भन्दै त्यसको रक्षाका निम्ती एकवद्ध भएर लाग्न सबैलाई आग्रह गर्नुभयो । दमाई जाति आफैमा सिप र कलाको धनी भएको वताउँदै सिपका आधारमा आफुहरुले पि.एच.डि नै पास गरेको वताउनुभयो । कार्यक्रमका अर्का विशिष्ट अतिथी दलित नेत्रि देविका नेपालीले समाज परिर्वनका लागि दलित समुदायले उल्लेखनिय भुमिका निर्वाह गरेको वताउनुभयो । जनयुद्ध देखि जनआन्दोलनका साथै सामाजिक आन्दोलन सम्म आईपुग्दा थुप्रै दलित हरुले मुल्य चुकाएको वताउँदै अब त्यसको प्रत्येकको हिसाव राख्ने वेला आएको वताउनुभयो । परियार सेवा समाज दाङका सचिव दिलिप नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा  घोराही उपमहानरपालिका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डे, नेकपा माओवादी केन्द्रका दिलकुमारी पुन , विश्वकर्मा समाजका केन्द्रिय सदस्य शम्भु  विश्वकर्मा, नेपाल कपडा तथा सिलाई व्यावसायी संघ प्रदेश नं. ५ का सदस्य सुरेन्द्र परियार, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली, नेपाल कपडा तथा सिलाई व्यावसायी संघका पूर्व अध्यक्ष कमल परियार, दलित युवा समशेर नेपाली,विमल नेपाली, पाण्डवेश्वरी प्रा.ली सरोज शाह,दलित अगुवा झपेन्द्र सिह चित्राकार, दलबहादुर परियार, श्रगाउँ गाविसका पूर्व अध्यक्ष विष्णु परियार, लगाएतले बोल्नु भएको थियो । परियार सेवा समाज दाङका संयोजक केशव नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रकाश नेपालीले गर्नु भएको थियो।

दलित अगुवाको सम्मान 

परियार सेवा समाजको प्रथम जिल्ला सम्मेलनको अबसरमा निरन्तर रुपमा दलित आन्दोलनमा भुमिका निर्वाह गर्ने विभिन्न व्यतित्वको सम्मान गरिएको थियो । लामो समय देखि दलित समुदायको उत्थानका लागि कलम चलाएको भन्दै पत्रकार महासंघ दाङका सदस्य जनक नेपालीलाई सम्मान गरिएको थियो ।  नेपालीलाई परियार सेवा समाजका केन्द्रिय महासचिव धर्म परियारले दोसल्ला र प्रमाण पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो । त्यस अबसरमा विगतका दलित आन्दोलनमा उल्लेय रुपमा भुमिका निर्वाह गरेको भन्दै घोराही ५ निवासी  रमा परियार, देवीराम परियार, वडा नं.  छ फचकपुरकी हरिदेवी परियार, रुपलाल परियार,  घोराही १६ का मनिराम परियार, फलबहादुर परियार, घोराही १० का तुलसि परियार, वडा. न. १७ कृष्णी परियार,राधिका परियार,तुलसिपुर १४ भोजपुरका खिमलाल दमाई, सुमकुमारी नेपालीलाई प्रमुख अतिथी परियारले सम्मान गर्नु भएको थियो ।

 

परियार समाज दाङको अध्यक्षमा नेपाली 

परियार समाज दाङको पहिलो  जिल्ला अधिवेशनले केशव नेपालीको अध्यक्षतमा २१ सदस्य नयाँ नेत्रित्व सर्बसम्मत रुपमा चयन गरेको छ । उपाध्यक्षमा तेजबहादुर परियार,सचिव तुलाराम परियार, सहसचिव दिलिप परियार,कोषाध्यक्ष पोषण परियार, सदस्यहरु करण परियार,लिलाधर परियार,नारायण परियार,विणा परियार,दिलीप कार्की परियार,तिला नेपाली,सन्तोष परियार,मेघराज परियार,प्रमोद परियार,दलबहादुर परियार,एकराज परियार,निर्मला परियार,खगेन्द्र परियार,खड्क परियार,लिला परियार,रहनु भएको छ । यस्तै सल्लाहकारमा चुर्ण परियार, प्रकाश नेपाली,देवीका नेपाली, झपेन्द्र सिह परियार,छवी परियार सुरेन्द्र परियार,तारा प्रसाद परियार, रहनु भएको  । भने दलित सेवा समाजको प्रेस सल्लाहकार गिरीराज नेपाली रहनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्