दाङमा परिक्षण उडान हुने



दाङ,१५ असोज । करिब ५ महिनादेखि बन्द रहेको दाङ विमानस्थलमा मंगलवार परिक्षण उडान हुने भएको छ । दाङ विमानस्थलको भौगोलिक र प्राविधिक पक्षको अध्ययनको लागि परिक्षण गर्न लागेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

 

नेपाल एयरलायन्सको वाई टुवेल्भ ई एयरक्राफ्टले परिक्षण उडान गर्ने तयारी भएको एयरलायन्सका प्रवक्ता अशोक सिक्देलले जानकारी दिएका छन् ।परिक्षण उडानमा नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलायन्सका प्रतिनिधि र चालकदल सहित ७ जनाको टोली सहभागि हुनेछन् । टोलीले उडान पछि प्राधिकरणमा बुझाएको प्रतिवेदनको आधारमा भाडा दर र उडान तालिका सार्वजनिक गर्न सकिने प्रवक्ता सिग्देलले वताए ।

 

ईन्धन डिपोको समस्या हल गर्नको लागि काठमाडौं–भैरहवा–दाङ र दाङ–भैरहवा–काठमाडौं उडान भर्ने गरि तयारी गरिएको निगमले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाका अनुसार दशै अघि सम्म सातामा दुई उडान सोमवार र शुक्रवार हुने छ भने दशै लगत्तै हप्ताको सातै दिन नियमित उडान हुनेछ । नियमित उडान संगै भाडा दर समेत समायोजन हुने नगरप्रमुख घनश्याम पाण्डेले वताएका छन् ।

हालका लागि दाङ–काठमाडौं भाडा दर करिब ६ हजार हुने र नियमिट उडान शुरु भए ४ हजार ५ सयको हाराहारीमा भाडा निर्धारण हुने प्रमुख पाण्डेले जानकारी दिए । यस अघि ईन्धन डिपोको कारण देखाउदै उडान नियमित हुन सकेको थिएन भने भाडा १० हजार तिर्नु पर्ने बाध्यता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्