ट्रक दुर्घटना दुई जनाको मृत्यु



सिन्धुली : बिपी राजमार्ग (बनेपा–सिन्धुली– बर्दिवास)अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ केराबारीमा बुधबार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।

काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको बा२क २२९७ नम्बरको खाली ट्रक बुधबार राती  साढे १२ बजेको समयमा दुर्घटना भएको सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद बोहोराले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते  सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाका वर्ष १७ का लक्ष्मण परियारको काभ्रेको दुलिखेल अस्पतालमा उपचार भइरहेको छ। ट्रक सडकबाट अन्दाजी ३० मिटर तल खसेको प्रहरीको भनाइ छ।

मृत्यु हुनेमा सप्तरी जिल्लाको सप्तकोसी नगरपालिकाका ट्रक सहचालक वर्ष १८ का ‘काले’ भन्ने भोजबहादुर आचार्य र ट्रकका चालक धादिङ जिल्लाको गजेरी गाउँपालिका–५ का वर्ष ३० का लोकबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनामा परी सहचालक भोज बहादुरको घटनास्थलमै मृत्यु भएको र चालक लोक मगरको राति नै जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्