कांग्रेस केन्द्रीय समिति बैठक स्थगित



सैघाली खबर, १९ असोज ।

नेपाली कांग्रेसले शुक्रबारका लागि तय गरेको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको छ । पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्न आह्वान गरेको बैठक कांग्रेसले ३ दिनका लागि स्थगित गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबारका लागि डाकिएको बैठक विशेष कारणबश स्थगित गरिएकाे जानकारी दिए । पाैडेलका अनुसार  असोज २२ गते दिउँसो १ बजेका लागि अर्काे बैठक बाेलाइएकाे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्