अबैद्य उत्खनन् गर्ने सवारी साधन नियन्त्रण



सैघाली खबर
घोराही ८ , दाङ ।
अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी ओसार पसार गर्ने जेसिबी र टिप्पर लाई प्रहरीले नियन्त्रणमा लिएको छ । बबई नदी किनारबाट उत्खनन् गरी ओसार पसार समेत गरिरहेको अवस्थामा तिन वटा टिप्पर र एउटा जेसिवि नियन्त्रणमा लिएको हो । कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले रा १ ख ९९५ ,रा १ ख १३४३ र ना ७ ख ४००२ नम्बरको टिप्पर र नम्बर नखुलेकोे जेसिबीलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारले जानकारी दिए । टिप्परहरुमा लोड गरेको गिट्टी बालुवा सहित आवश्यक कार्वाहीको लागि जिल्ला समन्वय समिति घोराही दाङमा पठाईएका तिवारीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्