दाङमा काँग्रेसका दुई दर्जन कार्यकर्ता कारबाहीका लागि सिफारिस



सैघाली खबर
दाङ ८ ,साउन ।
स्थानिय तहको निर्वाचनमा आधिकारीक उम्मेद्धार लाई सहयोग नगर्ने २४ कार्यकर्तालाई नेपाली काँग्रेस ववई गाउँपालिकाले कार्वाहीका लागि सिफारीस गरेको छ ।ववई गाउँपालिका का पाटि सयोंजक वलवहादुर वुढा क्षेत्रिको अध्यक्षतामा गत विहिवार वसेको निर्वाचन समिक्षा वैठकले उनीहरुलाई नेपाली काँग्रेसको संसोधित विधान ६५को दफा ४९ ख र ग अनुसार कार्वाहीका लागि क्षेत्र , जिल्ला र केन्द्रिय समितिमा अनुरोध गर्ने निर्णय वैठकले गरेको हो ।

समिक्षा वैठकले आधीकारीक उम्मेद्धारको विरुद्धमा गएको पत्ता लागे अरुलाई पनि पाटिको सक्रिय सदस्यता रेनु नगर्ने निर्णय गरेको छ ।
कार्वाहीको सुचिमा आधीकारीक उम्मेद्धारको विरुद्धमा उम्मेद्धारी दिई निर्वाचनमा विजयी हासिल गर्ने महाविर चौधरी सहित सदस्यमा वागि उम्मेद्धारी दिएका र प्रस्तावक समर्थकलाई संसोधित विद्यान ०६५अनुसार कार्वाहीको माग गरिएको छ ।कार्वाहीको सिफारीसमा पर्नेहरुमा तेजवहादुर खत्री, अमर वहादुर वुढा,सदस्यपदमा वागि उम्मेद्धारी दिएका छन भने प्रस्तावक र समर्थकमा वसेका वाशुदेव वस्नेत र प्रताप वाँठा पनि कार्वाहीको सिफारीसमा परेका छन ।

त्यस्तै वैठकले आधिकारीक उम्मेद्धारलाई असहयोग गरेको भन्दै टिका वहादुर अधिकारी, गोविन्द डाँगी, डिल्ली वहादुर वुढाथोकी, भुपवहादुर वुढाथोकी, भुपवहादुर हमाल,विष्णु प्रसाद वुढाथोकी ,गोपाल वुढाथोकी , सुरेन्द्रकुमार हमाल, भानुभक्त अधिकारी, कुम्भकुमारी अधिकारी, प्रकाश वस्नेत ,गोविन्द प्रशाद शर्मा नेकमान वस्नेत,मानवहादुर डाँगी, भिमवहादुर डाँगी, चित्रवहादुर डाँगी, मंगल थापा, टेकवहादुर भण्डारीर धनेश्वर भण्डारीलाई कार्वाहीका लागि नेपाली काँग्रेस ववई गाउँ कमिटिले सिफारीस गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्