लैंगिक हिसां विरुद्धको सडक नाटक प्रर्दशन



सैघाली खबर
घोराही ९ , दाङ । लैंगिक हिंसा विरुद्धके सडक नाटक सोमवार घोराही उप–महानगरपालिका १२ निघुवारमा प्रर्दशन गरिएको छ । सिस्नेरी रेडियो स्रोता समुहको आयोजनामा सामाजिक वस्तुस्थिति वारेमा तयार पारिएको उक्त नाटक प्रर्दशन गरिएको हो ।

महिलाहरु माथि अझै समाजमा लिङ्गकै आधारमा भेदभाव कायम रहेकाले सामाजिक रुपमा लिङ्गका आधारमा गरिने भेदभाव अन्त्यका लागि उक्त नाटक प्रर्दशन गरिएको समुहका उज्जवल विकले वताए । अझै जातिय रुपमा पछि परिरहेका दलित समुदायमा त्यो समस्याले जडो गाँडेर वसेकाले त्यो सोच वाट माथि उठाई सामाजिक विकासमा सवैको हातेमालो गर्ने हेतुका साथ नाटक प्रर्दशन गरिएको विकले वताए । उक्त नाटकमा मिना वुढा , उज्जवल विक लगाएतका एक दर्जन वढि कलाकारहरुले अभिनय गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्