५ नं. प्रदेशको राजधानी दाङ बनाउँन महासंघले जनप्रतिनिधी संग छलफल गर्ने



 

सैघाली खवर

दाङ,श्रावण १० । ५ नं. प्रदेशको राजधानी दाङ बनाउँन पहल गर्ने उदेश्यले पत्रकार महसंघ दाङले नव निर्वाचित १० वटै गाउँ तथा नगरपालीकाका जन प्रतिनिधीहरु संग छलफल गर्ने भएको छ । पत्रकार महासंघ दाङको मंगलवार घोराहीमा बसेको वैठकले यस्तो निर्णय गरेको हो । श्रावण १५ गते ‘ स्वच्छ , समृद्ध राजधानी दाङका लागि जनप्रतिनिधी र सरोकालवालाको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको वैठक पछि सचिव भुपेन्द्र ओलीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । बैठकले जिल्लामा सञ्चालन गरिएका अनलाईन संचार माध्यमको सञ्चालन तथा व्यवस्थापन गर्नका लागि एक दिने अनलाईन पत्रकारिता अभिमुखिकरण आयोजना गर्ने निर्णय समेत गरेको छ । कार्यक्रम संयोजन गर्ने जिम्मेवारी सचिव भुपेन्द्र वलीलाई दिईएको छ ।

यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अजयदीप शर्मा र शुभेच्छुकह हरिप्रसाद रिजाल , गणेश प्रसाद रिजाल , अर्जुन रिजाल र राधा रिजालले पत्रकार दाङ शाखामा स्थापना गर्नुभएको लोककुमारी स्मृति प्रतिभा पुरस्कार प्रदान गर्ने तथा लोककुमारी स्मृति दिवस यही श्रावण २४ गते मनाउने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसका लागि पुरस्कारको लागि प्रतिभा छनौट गर्न अध्यक्ष सबिन प्रियासनको संयोजक रहने गरी पुर्वअध्यक्ष सुशिल गौतम र सल्लाहकार सुदीप गौतम रहेको ३ सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको छ ।

पत्रकार शर्मालाई राहत रकम हस्तान्तरण

सवारी दुर्घटनामा परि घाईते हुनुभएका नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य धनीराम शर्मालाई राहत पाँच हजार प्रदान गरिएको छ । पत्रकार महसंद्दघ संघ दाङका अध्यक्ष सविन प्रियासन उपाध्यक्ष लिला शाह, अर्का उपाध्यक्ष डिल्ली, सचिव भुपेन्द्र ओलीले संयुक्त रुपमा उक्त रकम शर्मालाई हस्तान्तरण गर्नु भएको थियो । साथै बैठक उहाँको शिघ्र स्वास्थय लाभको कामना गर्दछ । बैठक पत्रकार महसंघ दाङका अध्यक्ष सविन प्रियाशनको अध्यक्षमा बसेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्