दशैंमा सरकारी सवारी साधनहरु दुरुपयोग भए कार्वाही गर्छु : सिडिओ



बिष्णुकुमार देवकोटा
दाङ, ३१ असोज असोज

प्रमुख जिल्लाअधिकारी गजेन्द्र बहादुर श्रेष्ठले दशैको विदामा सरकारी सवारी साधनहरु दुरुपयोग भएको पाईमा कार्वाही गरिने बताउनुभएको छ ।

यसि अघि विभिन्न सरकारी विदा तथा शनिबारका दिन सरकारी सवारी साधनहरु व्यक्तिगत प्रयोजनका लागि दुरुपयोग भएको व्यापक जनगुनासो बढेपछि दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बिज्ञप्तिजारीगरी अत्यावस्यक काममा पास विना सवारी दुरुपयोग नगर्ने अनुरोध गरिसक्नुभएको छ ।

यस अघि पनि विभिन्न मिडियाहरुमा सरकारी सवारी साधनहरु दुरुपयोग भएका घटनाहरु आएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्