महेन्द्र क्याम्पसको ८२ विगाह जग्गा सुकुम्वासीहरुको कब्जामा



गिरिराज नेपाली
दाङ १० , साउन । महेन्द्र वहुमुखी क्याम्पस घोराहीको ८२ विगाह जग्गा करिव ९ वर्ष देखी सुकुम्वासीहरुको कव्जामा रहेको छ । मुक्त कमैयाको मुक्ती संगै महेन्द्र वहुमुखी क्याम्पस घोराही अतिक्रमण शिकार वनेको छ । वढ्दो अतिक्रमणको चपेटामा रहेको महेन्द्र वहुमुखी क्याम्पस करिव ९० विगाह क्षेत्रफलको स्वामित्व रहे पनि हाल ३ विगाहमा आफुले सिमिति पढ्न पाठन गराउनु वाध्यता रहेको गुनासो गरेको छ ।

क्याम्पसको स्वामित्वमा रहेका जग्गामा सुकुम्वासी एंव मुक्त कमैयाहरुको वस्ती बिकासले क्याम्पस स्वामित्वको जग्गा अतिक्रमणको शिकार वन्न पुगेको र वर्षाै देखी उनीहरुले क्याम्पसको जग्गा निशर्त भोगचलन गर्दै वसोवास गरीरहेको महेन्द्र क्याम्पस दाङले जनाएको छ । महेन्द्र क्याम्पस दाङका प्रशाशन अधिकृत अन्नत पुनका अनुसार साविक सोनपुर ५ टिकलीगढमा क्याम्पसको नाममा रहेको किता न. –२८९ को ३५ विगाह ११ कट्ठा १७ धुर , साविक सतवरिया –६ रहेको किता न. ४१३ को ३५ विगाह १६ कट्ठा र सतवरिया १ गणेशपुरको किता न. – ३० को १० विगाह १५ कट्ठा १६ धुर गरी ८२ विगाह ४ कट्ठा १३ धुर क्षेत्रफल अतिक्रमण ५ सय घर टहरा निर्माण गरीएको वसोवास गरिएको जानकारी दिए । २०६५÷६६ साल सम्ममा क्याम्पसले आफ्नै स्वामित्वमा भोगचलन गरे पनि , हाल सम्म सुकुम्वासी तथा मुक्त कमैयाहरुले भोगचलन गर्दै आएका छन । जो निशर्त रुपमा वस्ती विस्तार गरी वसोवास थालिएको छ । क्याम्पस प्रशाशनले पटक पटक हटाउने प्रयास गरे पनि त्यसको कुनै सुनुवाई नै नभएको पुनको भनाई छ । ‘हामी संग पुर्जा छ । तर जग्गाको भोगचलन छैन । ’ क्याम्पस प्रशाशनको मात्रै केही सुनुवाई नै लाग्दैन । जसका कारण क्याम्पस खुम्चीएर वस्नुपर्ने वाध्यता रहेको उनले वताए ।

महेन्द्र वहुमुखी क्याम्पस दाङका सहायक क्याम्पस प्रमुख तिर्थराज न्यौपानेले हटाउनका लागि थुप्रै प्रयास भए पनि त्यो सम्भव नभएको वताए । कयौ पटक वस्तीमै गई अतिक्रमण गरी वसोवास गरीरहेका नागरिकहरु संग छलफल ग¥यौ । तर त्यसको कुनै सुनुवाई नै भएन । त्यही सम्पत्तीको आम्दानीले ‘निधर्न छात्र कल्याण टष्ट्र’ कोष संञ्चालन गरी गरिव विद्यार्थीहरुको शैक्षिक विकासका लागि वर्षेनी खर्चिदै आएको थियौ । अव त्यो पनि रोकिएको छ । वार्षिक ३ लाख वरावरको आम्दानीले कल्याण कोष संञ्चालन गरिएको थियो । तर अहिले त्याअ‍े पनि वन्द छ । गरिव जेहेन्दार छात्रले पढ्ने अवसर पनि पाएका छैनन । सवै रोकिएको छ । क्याम्पस ३ विगाहमा मात्रै खुम्चीएर वसेको छ । त्यही जग्गाको आम्दानीले अलिअलि क्याम्पस विकासमा लगानी गरिएको थियो । अव सवै रोकिएको छ । भएको सवै अतिक्रम भईसकेको छ । आन्तरिक आम्दानी केही छैन । भएको सम्पत्तीको उत्पादनले आन्तरिक विकास गरिन्थ्यो । तर सवै वाँकी छ । अतिक्रमण जग्गा फिर्ताका लागि स्थानिय राजनितिक दलहरु लगाएत अन्य सरोकारवालाहरु संग थुप्रै छलफल र वहस भए । तर त्यो पनि कुनै पार पाउन्न । जुन वहस र उठ्वसमै सिमित भयो । राजनितिक दलहरु कुनै चासो छैन । तर दिनप्रतिदिन क्याम्पसको अवस्था विग्रदै , सम्पत्ती कव्जा हुदै गएका छन ।

सम्पत्ती अतिक्रमण संगै क्याम्पसको विकास अप्रिय क्षति पुगेको न्यौपानेको भनाई छ । राप्तीकै पहिलो आङगिक क्याम्पस महेन्द्र वहुमुखी क्याम्पस जग्गा अभावका कारण स्तरिय प्राविधिक ल्याप ‘प्रयोग शाला ’ निर्माण गर्न सकिएको छैन । जसका कारण विद्यार्थीहरुको शैक्षिक विकास केही प्रभावित वनेको छ । न्यौपाने भने ‘सुकुम्वासी तथा मुक्त कमैयाहरुले वाट त्यो जग्गा फिर्ता गर्न सके क्याम्पसको विकास केही फड्को मार्न सक्छ । विषयगत प्रयोग शाला जस्ता सुविधा विद्यार्थीहरु लाई दिन सक्छ । तर हाल आई दुवै पक्षको विकासमा क्याम्पसले मर्का छ । स्थानिय राजनितिक दलहरु मात्रै होईन स्थानिय निकायहरु संग पनि क्याम्पसले थुप्रै प्रयास गरेको छ । तर सुकुम्वासीहरुको व्यावस्थापनको गर्न नसक्दा आफुहरु लाई न्यायलयहरु अन्याय गरेको उनको गुनासो छ । ‘हामी संग पुर्जामा छ । तर सम्पत्तीहरु अरुले नै भोगचलन गरीरहेका छन । ’ त्यसका वारे कोही वोल्दैन । जसका कारण क्याम्पस वर्षाै देखी सिपडित वन्दै आएको छ । हामी लाई सुकुम्वासीहरुले कुनै सरोकार राख्दैन । पलटिङ गरी घरघडेरीको निर्माण गरेका छन । जग्गाको खण्डीकरण वनाउदै वसोवास गरेका छन । तर स्थानिय दल र स्थानिय निकायहरु उक्त कुरामा मौनता देखाउदै आएका छन ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्ले राज्यको कुनै निकायहरुको स्वामित्वमा रहेको जग्गा कसैले पनि कव्जा गर्न नपाउने वताए । यदी कसैले त्यो गरेको उक्त कार्य गैरकानुनी ठहर हुने भन्दै भने ‘राज्यका मातहतका निकायहरुको जग्गाको फिर्ता अनिवार्य नै गर्नु पर्छ । ’ फिर्ता नगरे कानुनी प्रक्रिया वाट भए पनि फिर्ता गरी सम्वन्धीत निकायहरु नै फिर्ता गरिने जानकारी दिए । उक्त अतिक्रमण जग्गाको अवस्था वारे छानविन गरी आवश्यक प्रक्रिया सुरु गरिने समेत उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्