टीका थापेपछि नृत्य टोलीको



राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर सिंहपुरका जोगराज चौधरीमा मुग्रहवा नृत्यसहित देशबन्धीया गुरुवाको घरमै नृत्य टोलीसहित पुगेर टीका थाप्दा बेग्लै खुशी देखिन्थ्यो ।
पच्चीस किलोमिटरको बस यात्रा तय गर्दै उनले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका गुरुवा फूलराम चौधरीको घरमा पुगेर टीका थापेका हुन।

टीका थापेपछि नृत्य टोलीको नृत्य गुरुवालगायतले रमाएर हेनुएभयो । गुरुवाको हातको टीका थाप्न टाढाबाट सो समुदायका मानिसहरु आएका थिए ।

‘‘मुग्रहवा नृत्य लोपोन्मुख अवस्थामा पुगेकाले सबैलाई देखाएर मनोरञ्जन गर्न आएको छु ।’’ उनले भने, “थारु स

https://www.youtube.com/watch?v=5rvHEAONvAI&feature=share&fbclid=IwAR0A_KYXx34mmY4ESsC2VTeNRwNPpmIyzq9WRoQ24x5ES4rQNWA38pV2Oto

मुदायमा देशबन्धीया गुरुवाको स्थान सबैभन्दा उच्च हुने हुँदा टीका थाप्न आएका हौँ ।”

थारु समुदायको बडादशैँको टीका थाप्न जाँदा नृत्यसहित पहुरा कोसेली लिएर जानुपर्ने चलन छ । उनीहरु पहुराका रुपमा टीका, जमरा, बेवरी, चामल र मदिरा लिएर जान्छन् ।

गुरुवासँगै गाँउका मान्यजन, वडाध्यक्ष, वडा सदस्य, बडघर, केसौका र चौकिदारको घरमा कोसेलीसहित पुगेर टीका थाप्नुपर्ने चलन छ । शुक्लाफाँटा नगरपालिका–३ का पुरन चौधरीले वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीको घरमा सखिया नृत्य टोलीसहित पुगेर टीका थापेको बताए।

पालो पर्खदै पहुरा लिएर थारु समुदायका बालबालिका, बुढापाका, महिला र तन्नेरी टीका थाप्न मान्यजन कहाँ जाने गर्छन् । टीका थाप्न गाँउगाँउबाट सखिया, छोक्रा, लठुवा, र छोक्रा नाचसँगै पहुरारुपसहित मान्यजन कहाँ चलन रहेको स्थानीयबासी परदेशी चौधरीले बताए।

गाँउका मान्यजनका रुपमा समाजले सामाजिक र सांस्कृतिक कार्य गर्न चुनेका बडघर, गुरुवा र केशौकाबाट पहिलो टीका थापेर आशिर्वाद लिनुपर्ने परम्परागत चलन रहेको उनले बताए।

बडघर पछि गुरुवा, केसौका र अन्य मान्यजनबाट पालोपालो सामूहिक रुपमै थारु समुदायले टीका थाप्ने गरेका छन् ।

टीका थाप्नेका लागि टीका लगाउने बडघरमा चामलको पिठोबाट बनेको ढिक्री, दालभात, माछा मासु र तरकारी खुवाउने व्यवस्था मिलाएको बडघर जोनापुरका बडघर रामप्रसाद चौधरीले बताए ।

टीका थाप्न परिवारसहित बडघरमा पुगेका विश्राम चौधरीले छोक्रा नाचसहित टीका लगाउन आएको बताए। आज दिनभर बडघरमा सखिया नाचको रौनक हुने भएकाले झनै उमङ्ग थपिएको उनले बताए । टीका पछिको दोस्रो दिन घर घरमा गएर अन्तिम पटक सखिया नाच नाचेर नृत्य टोलीलाई खेरा भोज खुवाएर दशैँ अन्त्य हुनेछ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्