बेलगाम टिप्परलाई लगाम लगाउन “टाइम कार्ड” लागू हुने



बिष्णुकुमार देवकोटा
बुटबल ३ कार्तिक

ओभर लोड भरी राजमार्गमा तिब्रगतिमा हुँर्हकिने सडक दुर्घटनाको मुख्य कारकतत्व टिप्परमाथी लगाम लगाउन प्रदेश नं ५ मा दशै लगत्तै “टाइम कार्ड” अर्थात समय पास लागूहुने प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटबलले जानकारी दिएको छ ।
प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी गणेश चन्दले आफ्नै कार्यकक्षमा सैघाली खबर संग कुराकानी गर्दै पाल्पामा सुरुगरीएको टाइम कार्ड दशै लगत्तै पुर्व पस्चिम राजमार्गमा कडाइका साथ लागु गरिने जानकारी दिनुभयो ।

“सडक दुर्घटनाको मुख्य कारकतत्व अनियन्त्रित गति र ओभरटेक हो ” चन्दले भन्नु भयो । “सडक सुरक्षा र दुर्घटना न्युनिकरणका लागी टाइम कार्ड लागू गर्न लागिएको हो” चन्दले भन्नु भयो ।

पाइलटिङ्गको रुपमा पाल्पामा सफलतापुर्वक लागूगरीएको टाइमकार्ड लागू भएपछि सडक दुर्घटनामा उल्लेख्य कमी आउने चन्दले विश्वास व्यक्तगर्नुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्