ससुराली आएका लालबहादुरको तालमा डुबेर मृत्यु



यादव सैघाली
दाङ,४ कार्तिक

दशै मनाउन दाङ ससुराली आएका रोल्पा परिवर्तन गाँऊपालिका वडा नं १ का लालबहादुर डाँगीको कृत्रिम तालमा डुबि मृत्युभएको छ ।
घोराही उपमहानगरपालिका वडा नं १६ बाहुन डाँडामा मानव निर्मित कृत्रिम तालमा श्रीमती र साला सहित नुहाउन गएका डाँगि कार्तिक ४ गते सायँ ५ः०० बजे नुहाउने क्रममा तालमा वेपत्ता भएका थिए ।

घटनास्थलमा उपस्थित सर्वसाधारणहरु

डाँगि वेपत्ताभएपछि घरपरिवारको रिपोर्टका आधारमा जिल्ला प्रहरी कार्यालयको टोली , शसस्त्र प्रहरी बलको टोली र स्थानीयको सकृयतामा गोताखोर यम बहादुर थापाले डाँगिको शव फेला पारेका हुन् ।

डाँगीको शव फेलापरेपछि स्थानीयले कृत्रिम तालको बिरोध गरेका छन् । घरपरिवारले घोराही उपमानगरपालिकाले तालको उचित व्यवस्थापन नगर्दा सम्ष्म लाश नउठाउने घरपरिवारले बताएका छन् ।

मानवनिर्मित कृत्रिम ताल

पोहोर साल पनि सोहि तालमा परि एक बच्चाले ज्यान गुमाएका थिए ।

पोष्टमार्टमका लागि शव उठाउन गएको एम्बुलेन्सलाई स्थानीयले फर्काईर्दिका छन् । अहिले स्थिती तनाव ग्रस्तरहेको छ भने स्थीति साम्य पार्न जिल्लाप्रहरी को टोली घटनास्थलमा रहेको छ । यो समाचार तयार पार्दा सम्म शव उठाइएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्