म अहिले सिंगल नै छुः ‘हटि नटि’ अनुपम श्रेष्ठ (भिडियो)



रेणु डि.सी.
सैघाली खबर, ११ कार्तिक ।
कलाकार ‘हटि नटि’ अनुपम श्रेष्ठले आफु अहिले सम्म सिंगल रहेको बताएकि छिन् । १८ बर्षको उमेरमा प्रेममा परेको बताउने ‘हटि नटि’ अनुपमका अनुसार आफुहरुले सहमतिमा नै ब्रेकअप भएको हो । र त्यसपश्चात ‘हटि नटि’ अहिलेसम्म सिंगल नै छिन् ।

सैघाली खबरसंगको कुराकानिमा ‘हटि नटि’ अनुपमले परिवारको सहमति भएको खण्डमा परिवारको ईज्जत गर्न सक्ने व्यक्ति भेटिए फेरि रिलेसनमा रहन सक्ने पनि बताएकि छिन् । ‘हटि नटि’ अनुपमले अहिलेसम्म तिमी संग, म त तिम्रै हु, जय शम्भु लगाएतका चलचित्रमा हस्य कलाकारको भुमिका निर्वाह गरेकि छिन् ।

साथै उनले अव आफु फरक भुमिकामा देखिन लागेको पनि जानकारी दिएकि छिन् । र यस्को लागि ‘हटि नटि’ अनुपम आफ्नो मोटोपन घटाउने तयारीमा छिन् । तिहार पछि छायाकंन सुरु हुने चलचित्र ‘कमले काले’ मा ‘हटि नटि’ अनुपम अहिले सम्मकै फरक भुमिकामा देखिदै छिन् ।

यहि चलचित्रकोलागि ‘हटि नटि’ अनुपम तौल घटाउने कसरतमा पनि छिन् । यस्तै चलचित्र ‘गैडाकोट जिरो किलोमिटर’ का लागि पनि ‘हटि नटि’ अनुपमले साईन गरिसकेको बताएकि छिन् । यिनै हास्य कलाकार ‘हटि नटि’ अनुपम श्रेष्ठ संग गरिएको रमाईलो कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्