‘सकसमा स्थानिय तह ,अन्यौलमा कर्मचारी’



गिरिराज नेपाली
दाङ १३ , साउन 

जनप्रतिनिधिहरुको छनौट संगै हाल जिल्लामा एक वडा कार्यालयहरुको कर्मचारी व्यावस्थापनका काम निकै द्रुत गतिमा चलिरहेको छ । स्थानिय तहको सेवा प्रवाहका लागि कर्मचारीहरु विभिन्न स्थानिय तहका वडा र गाँउपालिका नगरपालिका कार्यालयहरुमा खटाए पनि स्थानिय तहको सेवा प्रवाहका खटिएका कर्मचारीहरु सेवा सुचारुको अन्यौलतामा परेका छन ।

‘ स्थानिय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यावस्थापन सम्वन्धी आदेश –२०७४ ’ले स्थानिय तहको सेवा प्रवाहका तत्काल कुनै पनि निति व्यावस्था नगरी आदेशात्मक परिपत्र मात्रै जारी गरी कार्य संञ्चालन सुरु भईरहेकाले कर्मचारीहरु काम –कर्तव्य र संरचनात्मक अलमलमा परेका छन । कर्मचारी व्यावस्थापनका लागि आदेशात्मक परिपत्र सरकारले लागु गरे पनि कर्मचारीको संरचनात्मक वितरण , काम र कर्तव्यको अधिकार प्रत्योजन गर्न नसक्दा कर्मचारीहरु अन्यौलामा परेको स्थानिय विकास अधिकारी कुल वहादुर जिसीले वताए ।

कर्मचारी व्यावस्थापन आदेशले कर्मचारीहरुको काम , कर्तव्य र संरचनात्मक अवधारणा लागु गर्न नसक्दा कर्मचारीहरु सेवा प्रवाहको अन्यौलोमा परेका छन । जिल्लामा १ सय वडाहरुमा १ सय २४ कर्मचारीहरु लाई खटाई सकिएता पनि सेवारत कर्मचारीहरुको कुनै नितिगत मापदण्ड उल्लेख नहुदा कर्मचारीहरुले सास्ती खेप्नु परेको उनले वताए । ‘स्थानिय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यावस्थापन सम्वन्धी आदेश –२०७४ ’ले जिल्ला समन्वय समितिमा न्युनतम कर्मचारीहरुको कामकाजका लागि राखेर अन्य कर्मचारी स्थानिय तहमा विभाजन गर्नै आदेशले निर्देशन गरेको छ । तर न्युनतम भन्नाले कति सख्या लाई जनाउदछ । जिल्ला समन्वय समितिले के कति कर्मचारी राख्न पाउने वा नपाउने भनी कुनै उल्लेख गरिएको छैन । स्थानिय तहको सेवा लाई तत्काल सुरु गर्न सरकारले आदेशात्मक निर्देशन गरी कर्मचारी व्यावस्थापन अख्तियारी पठाएको छ । ति कर्मचारीहरु काजका रुपमा स्थानिय तहमा पठाउनु पर्ने वाध्यता छ । मौखिक नितिगत व्यावस्था मापदण्डहरु मन्त्रालयले पठाए पनि नितिगत व्यावस्थाहरु उल्लेख गरी पठाउन नसक्दा कर्मचारी व्यावस्थापन सकस र कर्मचारीहरु अन्यौलामा परेको उनले वताए । अस्थाई वा स्थाई कुन प्रक्रिया वाट कर्मचारी व्यावस्थापन गरी सम्वन्धीत वडा तथा गाँउपालिका वा नगरपालिकाहरुमा कर्मचारी पठाउने वारे मन्त्रालय वाट कुनै नितिगत व्यावस्था स्थानिय तहमा आउन नसक्दा यो समस्या अझै पेचिलो वन्दै गएको उनले वताए । उनले भने –‘मौखिक कार्य सम्पादनको काम कर्तव्य र संरचनात्मक विवरणको नितिमा रही सेवा प्रवाह गर्नुपर्ने वाध्यतामा परेका छौ । ’ दरवन्दी तोकिए अनुसार तोकिएकै ठाँउमा जाऔला भने सोचमा कतिपय कर्मचारीहरुमा रहेकाले सरकारले अस्थाई रुपमा तत्कालको कामकाज सुचारुका लागि मात्रै कर्मचारी व्यावस्थापन आदेश जारी गरेकाले कर्मचारीहरु अन्यौलमा परेको उनले वताए ।

व्यावहारिक रुपमा घरपाएक पर्ने गरी कर्मचारीहरु काग सरुवा गर्दै स्थानिय तहमा पठाईरहनु परेको छ । स्थानिय विकास अधिकारी जिसीले भने जिल्ला समन्वय समितिको दाङको ४२ वटा दरवन्दी छन । ति मध्ये कति कर्मचारी कहाँ पठाउने र कति कर्मचारी जिल्ला समन्वय समितिमा राख्ने भन्ने वारे पनि कार्यालय अन्यौलमा परेको छ । प्रत्यके वडा कार्यालयहरुमा अनिवार्य रुपमा एक जना सचिव , एक जना प्रसासन तथा लेखा सहायक र एक जना कार्यालय सहयोगीहरु पठाउनु पर्ने स्थानिय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यावस्थापन सम्वन्धी आदेश –२०७४ ’ले जारी गरे पनि कर्मचारी अभावका कारण कतिपय वडा कार्यालयहरु संयुक्त वडा कार्यालयका रुपमा संञ्चालन गरी सेवा प्रवाह गर्नु पर्ने वाध्यता रहेको उनले वताए ।

प्रसासनिक र प्राविधिक कर्मचारीको अभाव

स्थानिय तहको सेवा प्रवाहका लागि कर्मचारी व्यावस्थापनका काम जारी रहे पनि जिल्लामा प्रसासनिक र प्राविधिक कर्मचारीको अभाव भएको जिल्ला समन्वय समिति दाङका स्थानिय विकास अधिकारी तथा कर्मचारी व्यावस्थापन समितिका सदस्य सचिव कुल वहादुर जिसीले जानकारी दिए । प्रत्यके गाँउपालिका तथा वडाहरुमा १÷१ जना प्रसासनिक तथा प्राविधिकको व्यावस्थापन गर्ने गरी स्थानिय तहमा प्रशासनिक संगठन तथा कर्मचारी व्यावस्थापन सम्वन्धी आदेश –२०७४ ’ले निर्देशन गरे पनि जिल्लाका १ सय वडाहरुमा पुग्ने पं्रसासनिक र प्राविधिक खटाउन नसकिने जिसीले जानकारी दिए । जिल्लामा अमिन , ईन्जीनियर र ओभरसियर लगाएतका प्राविधिकहरुको सख्या अधिक न्युन रहेकाले सवैक्षेत्र लाई पुग्ने गरी प्रावधिक तथा प्रसासनिक सचिवको व्यावस्थापन गर्न नसकिरहेको उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्