शिक्षा कार्यालयको दरबन्दी मिलान प्रती आपत्ति



दाङ, १३ साउन ।
मनु मगर.

जिल्ला शिक्षा कार्यालयको शिक्षक दरबन्दी मिलान प्रक्रिया प्रति नेपाल शिक्षक महाँसंघ दाङले बिरोध जनाएको छ । त्रुटीपुर्ण तथ्याङ्क राखेको तथा आफुहरुसंगको सहमती बिना दरबन्दी मिलान प्रक्रिया अगाडी बढाएको भन्दै महाँसंघले बिरोध जनाएकोे हो ।

नेपाल शिक्षक महाँसंघले आज बिज्ञप्ती जारी गर्दे शिक्षा कार्यालयको कदम प्रति आपत्ती जनाएको छ ।सहमती बिना तथा बैज्ञानिक मापदण्ड निर्धारण नगरी शिक्षक दरबन्दी मिलान प्रक्रिया सम्बन्धी सुचना प्रकाशन गरी अगाडी बढेको कार्य प्रति नेपाल शिक्षक महाँसंघले आपत्ति प्रकट गर्दछ, बिज्ञप्तीमा भनिएकोे छ ।

साथै अर्काे ब्यबस्था नभएसम्म सम्बन्धीत शिक्षक दरबन्दी मिलान प्रक्रियामा सहभागि नहुँन नेपाल शिक्षक महाँसंघमा आबद्ध शिक्षकहरुलाई बिज्ञप्ती मार्फत आग्रह गरीएको छ । जिल्ला शिक्षा कार्यालय दाङले यही साउन १० गते दरबन्दी मिलान प्रक्रिया अधि बढाउने निर्णय गरेको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्