कार्तिक २६ गते सोमबारको राशिफल



विक्रमसम्वत २०७५ साल कार्तिक २६ गते सोमबार नेपाल सम्बत ११३९ कछलाथ्व,सन् २०१८नोभेम्बर १२ तारिक शुक्लपक्ष पञ्चमी तिथि राती १ वजेसम्म उप्रान्त षष्ठि तिथि, पूर्वषाढा नक्षत्र राती २ वजेर ५० मिनेटसम्म उप्रान्त उत्तरषाढा नक्षत्र, धृतियोग,बवकरण,आनन्दादियोग उत्पात, सूर्य तुला राशीमा,चन्द्रमा धनु राशीमा ।

राशी
मेषः– मनबाट गलत विचार हट्नेछ । पुराना समस्या विस्तारै समाधान हुनेछन् । काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला । फलदायी यात्राको सम्भावना देखिन्छ । नयाँ क्षेत्रमा लगानी भने नबढाउनु होला । व्यापार व्यवसायबाट थोरै आम्दानी हुनेछ ।

वृषः– सयम प्रतिकुल देखिन्छ । काम गर्ने वातावरण विग्रिनेछ । आफुले सोचे जस्तो कहि कतै हुने छैन । अनावस्यक झमेलामा परिनछ । जोखिम मोलेर कुनै काम नगर्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विश्वास गरेकाले धोका दिनसक्छन् । आशाहरु निरासामा परिणत हुनेछन् ।

मिथुनः– दिन सामान्य अनुकुल देखिन्छ । दायावायाँ नलागि समयको सदुपयोग गरेर अगाडि बढ्नु होला । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । जीवन साथीको सहयोग पाईनेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

कर्कटः– इच्छाशक्ति तिव्र रुपमा अगाडि बढाएर संघर्षबाट विचलित नभई काम गर्नु होला अन्तिम परिणामले सुखी बनाउनेछ । बाधा अवरोध खडा गर्न खोज्ने कम हुने छैनन । आफन्तबाट विश्वास घात हुनसक्छ सतर्क रहनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गोपनियता अप्नाउन नभुल्नु होला ।

सिंहः– दुविधामा परि समयमा निर्णय लिन सकिएन भने आएको अवसर गुम्न सक्छ । समस्याबाट टाढा बस्न पाईने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अरुको भर परेर काम नगर्नु होला । पढाई लेखाईमा बाधा अवरोध आउन सक्छ । खर्चलाई नियन्त्रण गरेर काम गर्नु होला ।

कन्याः– दिन प्रतिकुल देखिन्छ । अनुकुल बातावरणमा काम गर्न पाईने छैन । सम्भावना क्षीण भएर जानेछन् । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । गलत विचार बढ्नेछ । खर्चालु काम बढि हुनेछन् । व्यापार घट्नेछ । सहयोग गर्ने भन्दा माग्ने बढि होलान् ।

तुलाः– दिन अनुकुल देखिन्छ । आफनै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । आफ्नो काममा अरुको मुख ताक्नु पर्ने छैन । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । वित्तिय कारोवारमा सामान्य सुधार आउनेछ । आफुलाई ज्ञान नभएका क्षेत्रमा लगानी नबढाउनु होला । ईष्टमित्रको सहयोग मिल्नेछ ।

वृश्चिकः– दिन मध्यम खालको छ,सफलता असफलता तपाई आफ्नै हातमा रहनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुलाई प्रयोग गरेर काम गर्नु भयो भने काममा सहजता आउनेछ । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । मिलेर काम नगर्नु होला आफैलाई घाटा हुनेछ । ऋण लगानी नगर्नु होला डुब्न सक्छ ।

धनुः– हेलचक्र्याई नगर्नु होला,समग्रमा दिन अनुकुल देखिन्छ । विगतका कमि कमजोरी सच्याउने मौका मिल्नेछ । एजेन्सिका कामबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । भाग्य भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ ।

मकरः– दिन प्रतिकुल रहेकोछ नयाँ काममा लगानी नबढाउनु होला । अरुलाई झट्ट विश्वास नगर्नु होला धोका हुनेछ । व्यवसायमा अवनति हुनेछ । काम काजमा अवरोध आउनेछ । आर्थिक क्षेत्रमा समस्या आउन सक्छ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोला ।

कुम्भः–दिन सामान्य अनुकुल देखिन्छ । हेलचक्र्याई नगरि काम गर्नु होला । विरोधी कमजोर हुनेछन् । मुद्धा मामिलामा जीत हुनेछ । लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । सहयोग सामान्य खालको मिल्नेछ । आर्थिक कारोवारमा भने सतर्क रहनुहोला ।

मिनः– समयको सदुपयोग गर्नु होला उपलब्धि मुलक काम हुनेछन् । आफुले गरेका काम अरुका लागि उदाहरणीय हुन सक्छन् । आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ । मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । रोकिएका काम धेरै जसो फस्र्योट हुनेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्