कार्तिक २७ गते मंगलबारको राशिफल



विक्रमसम्वत २०७५ साल कार्तिक २७ गते मंगलबार नेपाल सम्बत ११३९ कछलाथ्व,सन् २०१८ नोभेम्बर १३ तारिक शुक्लपक्ष तृतीया तिथि राती १० वजेर ५ मिनेटसम्म उप्रान्त चौथी,ज्येष्ठा नक्षत्र राती १० वजेर ५२ मिनेटसम्म उप्रान्त मूल,अतिगण्डयोग,तैतिलकरण,आनन्दादियोग मुसल, सूर्य तुला राशीमा,चन्द्रमा राती १० वजेर ५२ मिनेटसम्म वृश्चिक उप्रान्त धनु राशीमा ।

राशी
मेषः– समयले आज पनि साथ दिने देखिन्न । विभिन्न खालका समस्या आउने छन् । मनमा अशान्ति बढ्नेछ । घरमा बस्न मन लाग्ने छैन । गरेको लगानीबाट प्रतिफल पाईने छैन । शारीरिक एवं मानसिक दूर्वलता बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अपरान्ह पछि समयमा सामान्य सुधार आउनेछ । तनावमा कमि आउला ।

वृषः– समयको सदुपयोग गर्नु होला मध्यान्ह सम्म समय अनुकुल नै देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापारबाट आम्दानी पनि हुनेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । गलत विचार बढ्नेछ । स्वास्थ्य प्रतिकुल हुने हुदा खानपानमा विचार पु¥याउनु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । खर्चमा वृद्धि हुनेछ ।

मिथुनः– समयको गति सगै काममा सुधार आउनेछ । नयाँ नयाँ कामले प्राथमिकता पाउनेछ । विवादित कुराको टुङ्गो लाग्नेछ । आयत निर्यात व्यापार व्यवसायमा सुधार आउनेछ । विदेश यात्राको योजना बन्न सक्छ । पारिवारिक भेटघाट बढ्नेछ । लेनदेन कारोवार गर्दा भने सोच विचार गर्नु होला । इष्टमित्रको भर परेर काम नगर्नु होला ।

कर्कटः– समयले पूर्ण साथ दिने छैन । सहज रुपमा कहि कतै केहि हुने छैन । संघर्षबाट मात्रै सफलताका सिढि चढ्न सकिनेछ । मनमा एक प्रकारको भय त्रास रहि रहनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । विरोधीको काममा बक्रदृष्टि पर्न सक्छ । लगानी नबढाउनु होला । अरुको भरमा काम नगर्नु होला अवसर गुम्नेछ ।

सिंहः– समय त्यति अनुकुल देखिन्न । हेलचक्र्याई नगरि काम गर्नु होला । आफन्तका कारण धन खर्च हुनेछ । व्यापार व्यवसायबाट आम्दानीको तुलनामा खर्च बढि हुनेछ । अरुबाट सहयोगको आशा राख्नु गलत सवित हुनेछ । के गर्ने के नगर्ने भन्ने अन्योलता बढ्न सक्छ । यात्रामा समस्या आउनेछ । पढाई र सन्तानको बारेमा बढि चिन्ता हुनेछ ।

कन्याः–पूर्वान्ह अनुकुल छ समयको सदुपयोग गर्नु होला । काममा ढिला सुस्ति गरेमा अवसर गुम्ने सम्भावना रहन्छ । अपरान्हबाट समयले कम साथ दिनेछ । घरयासी समस्या बढ्ने छन् । भौतिक सुख सुविधामा कमि आउनेछ । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । मनमा कुरा खेल्ने छन् । स्वास्थ्य कमजोर बन्नेछ ।

तुलाः– समय विस्तारै अनुकुल बन्दै आउनेछ । वित्तिय क्षेत्रमा सुधारका संकेत देखिने छन् । साथी भाई इष्टमित्रबाट सहयोग मिल्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । गरेका कामबाट उचित प्रतिफल मिल्नेछ । तर काममा साना तिना समस्या भने आउनेछन् ।

वृश्चिकः– समयमा गरेका काम सफल हुनेछन् । विचारमा परिवर्तन आउनेछ । उपलब्धिका काम कम हुनेछन् । अपरान्ह पछिको समय भने कम अनुकुल हुनेछ । संचित धन नोक्सान हुनेछ । आफन्तबाट विश्वास घात हुनेछ । धन दिएर शत्रु नबढाउनु होला । अल्छि नगरिकन काम गर्नु होला । व्यापारमा उधारो काम नगर्नु होला । अल्प सहयोग मिल्नेछ ।

धनुः–पूर्वान्ह काल त्यति अनुकुल छैन । स्वागत सत्कारमा धन खर्च हुनेछ । अपरान्हबाट समयमा सुधार आउनेछ । सोच विचार अरुको भरमा नपरि भ्रम मुक्त भएर काम गर्नु होला । भोजको लागि निमन्त्रण आउने देखिन्छ । स्पष्ट वोल्दा कहिले कहि आफुलाई अप्ठ्यारो पर्ने हुदा विचार पु¥याउनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

मकरः– कुनै काम गर्नु छ भने पूर्वान्ह कालमा गर्नु होला तव सफल हुनेछन् । अपरान्हबाट समय प्रतिकुल हुनेछ । विना हिसाव किताव चल्दा दुःख पाईनेछ, हानी नोक्सानी बढि हुनेछ । काम गर्दा विभिन्न खालका समस्या आउने छन् । घर परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार,व्यवसायबाट आशातित लाभ लिन सकिने छैन । श्रम खेर जानेछ ।

कुम्भः– समयले साथ दिने देखिन्छ । लगनशिल भई महत्वकाँक्षी नबनि काम गर्नु होला सफलता मिल्नेछ । वैदेशिक कार्य योजना आँशिक सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । कार्य क्षेत्रबाट बाहिर नजानु होला । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । विरोधीका कारण लाभान्वित हुने अवस्था आउन सक्छ ।

मिनः– मध्यान्ह पूर्व भन्दा पछिको समय बढि अनुकुल हुनेछ । अबरुद्ध योजना अगाडि बढ्ने छन् । वित्तिय कारोवारमा सुधार आउनेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । सहयोगी मन भेटिने छन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्