कार्तिक ३० गते शुक्रबारको राशिफल



विकक्रम सम्वत २०७५ साल कार्तिक ३० गते शुक्रबार नेपाल सम्बत ११३९ कछलाथ्व,सन् २०१८नोभेम्बर १६ तारिक शुक्लपक्ष अष्टमी तिथि विहान ७ वजेर १४ मिनेटसम्म उप्रान्त नवमी तिथि,धनेष्ठा नक्षत्र विहान १० वजेर ३० मिनेटसम्म उप्रान्त दशमी तिथि,ध्रुवयोग,बवकरण, आनन्दादियोग धाता, सूर्य तुला राशीमा,चन्द्रमा कुम्भ राशीमा ।

राशी
मेषः–आकस्मिक आम्दानीको योग देखिन्छ । प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ । समयको सदुपयोग गर्नु होला । धन लगानी नगर्नु होला । गोपनियता भङ्ग नगर्नु होला ।

वृषः– काममा देखिएका समस्या कम भएर जानेछन् । पठन पाठनमा प्रगति हुनेछ । कुरा काट्नेहरु सहयोग गर्न अग्रसर हुनेछन् । सामाजिक काममा अभिरुची बढ्नेछ । गएका ठाँउमा इज्जत प्रतिष्ठा,मान सम्मान मिल्नेछ । पराक्रम बढ्नेछ । लोभ मोह बढ्नेछ । भौतिक सुख सुविधामा वृद्धि हुनेछ ।

मिथुनः– समयमा सामान्य सुधार आउनेछ । आध्यात्मिक चिन्तन बढ्नेछ । व्यापार व्यवसायमा सामान्य प्रगति हुनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ । बाह्य काममा ध्यान केन्द्रित हुदा उपलब्धिका काम ओझेल पर्ने छन् ।

कर्कटः–काम गर्ने वातावरण विग्रिएर जानेछ । आफन्तका क्रियाकलापले मनमा चिसो पस्ने काम हुन सक्छ । अन्तिम चरणमा पुगेका काम रोकिने छन् । भाग्यले कम साथ दिनेछ । अनावस्यक खर्च बढ्ने छ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला ।

सिंहः– विवादित कामको टुङ्गो लाग्नेछ । मुद्धामा जीत हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । प्रयत्न गर्नु भयो भने नयाँ काम हात पार्न सकिनेछ । आयत निर्यात व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । रजोगुण बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

कन्याः– कडा मेहनत गर्नु पर्ला । सामान्य खटाईबाट काम बन्ने देखिदैन । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । विरोधीसँगको लडाईमा विजय प्राप्त होला । श्रमको मुल्य लिन ठुलै कसरत गर्नु पर्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

तुलाः– अस्थिरताले अनिष्ट निम्त्याउने हुदा मनलाई नियन्त्रण गरेर काममा लाग्नु होला । मनोविकार त्यागेर अगाडि बढ्नु होला । घरका समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन । घर बाहिर बसेर काम गर्दा बढि आनन्द मिल्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । काममा आलटाल गर्दा अरुले फाइदा लिने छन् ।

वृश्चिकः– कर्म हिनताको अवस्था आउन सक्छ । घरयासी खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्नेछ । काम गर्ने जोश जागर घट्नेछ । मनमा एक प्रकारको चिन्ताले बास गरि रहनेछ । स्वास्थ्य कमजोर बन्ला । मनले सुख शान्तिको खोजी गर्नेछ । व्यापार व्यवसायमा मन्दि लाग्नेछ ।

धनुः– समयले सामान्य साथ दिनेछ । काम गर्ने वातावरण थोरै बन्नेछ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रो हुनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । काम गरेर अरुबाट प्रशंसा भने पाईने छैन,उल्टो कुरा काट्ने छन् । आर्थिक कारोवारमा भने सचेत रहनुहोला ।

मकरः– दिन मध्यम देखिन्छ । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । बोलिको प्रभाव थोरै पर्नेछ । इष्टमित्रबाट सहयोग कम मिल्नेछ । मेहनतपूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला । जीवन साथीको सहयोग लिएर काम गर्नु होला ।

कुम्भः– शरीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । अनावस्यक खर्चमा कमी आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । भोज भतेर,सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । धार्मिक कार्यमा सहभागि हुन पाईनेछ । सहयोगी मन भेटिने छन् ।

मीनः– दिन त्यति अनुकुल देखिदैन । काम गर्ने बातावरण विग्रिनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । काम गर्दा विभिन्न खालका समस्या झेल्नु पर्नेछ । अनावस्यक खर्च बढ्नेछ । नगरेका कामको अपयश लिनु पर्नेछ । विश्वासमा धोका हुनसक्छ । नयाँ क्षेत्रमा धन लगानी नबढाउनु होला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्