डा। केसीको स्वास्थ्य अवस्था बिग्रँदै,आज पनि वार्ता हुदै



सैघाली खबर
काठमाण्डौ, १५ साउन।
सात दिनदेखि अनसनमा रहेका डा। गोविन्द केसीले उठाएका माग पूरा गर्न आइतबार पनि वार्ता हुने भएको छ । यसअघि दुईपटक भएका वार्ता बिना निष्कर्ष सकिएपछि फेरि वार्ता गर्ने तयारी भएको हो । यसैबिच डा। केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।
पानी र औषधि पनि खान नमानेपछि जोखिम बढेको उहाँको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

उपचारमा संलग्न डा। सुवास आचार्यका अनुसार सामान्य अवस्थामा ७० हाराहारीमा हुनुपर्ने मुटुको चाल बढेर २५० सम्म पुगेको छ । यसरी बढ्दा झन् जोखिम हुने उहाँको भनाई छ ।
डा। केसीलाई यसपटक रिंगटा लाग्ने, मांसपेशी बाउडिने, छाती दुख्ने समस्या देखिएको छ भने तीन दिनदेखि पिसाबमा किटोन पोजिटिभ देखिएको छ । उहाँलाई स्लाइन दिएर राखेपनि अवस्था नसुध्रिएको डाक्टरले बताएका छन् । डा। केसीलाई शनिबारदेखि अक्सिजन दिन थालिएको छ ।
यसअघिका सम्झौता पालना गर्नुपर्ने, आफ्ना सुझावसहित चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने, विद्यार्थी भर्ना शुल्क र सम्बन्धन सम्बन्धी अधिकार त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदबाट आइओएममा फिर्ता गर्नुपर्ने, सरकारी निर्देशन र अदालतको आदेशलाई नटेर्ने मेडिकल कलेजलाई कारवाही गर्नुपर्ने लगायत माग राखी डाक्टर केसी ११ औं पटक अनसनमा बस्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्