लमहीमा बस दुर्घटना हुदा १८ यात्रु घाईते



दाङमा भएको सवारी दुर्घटनामा परि ११ जना घाइते भएका छन् । ती घाईते ३ जनाको अवस्था गम्भीर रहेको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख एवं प्रहरी निरिक्षक अरुणकुमार सिंहले दिएको जानकारी अनुसार उनीहरुलाई स्थानीय अस्पतालमा उपचार पछि थप उपचारका लागि भैरहवा रेफर गरिएको छ । अन्य ७ जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

पूर्ब–पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुबाङ सडक खण्डको लमही नगरपालिका वडा नम्बर ३ मजगाउँ चोकमा आइतवार दिउँसो यात्रुबहाक बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन । स्थानीय रुटमा चल्ने ना ३ ख ९४७ नम्बरको माईक्रो बस मेन पट्टा भाँचिदा दुर्घटनामा परेको प्रहरीले बताएको छ । बस भालुबाङ बाट लमही आउदै गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्