दार्चुलामा बस दुर्घटना २ जनाको मृत्यु १९ घाईते



दार्चुला । दार्चुला मालिकार्जुन–३, तेर्थालेकमा आज बिहान यात्रुवाहक मिनीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।मालिकार्जुन मन्दिरको जात्राबाट दार्चुला सदरमुकाम खलंगातर्फ गइरहेको म १ ख ४३६ नम्बरको मिनीबस बिहान ३ बजे दुर्घटनामा परेको डीएसपी नवराज अधिकारीले जानकारी दिए ।

दुर्घटनामा परी ज्यान गुमाएका ५५ वर्षीय अनील पालको पहिचान खुले पनि अर्का १ जनाको भने सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार, पाल भारतीय नागरिक हुन् ।दुर्घटनामा १९ जना घाइते छन् । तीमध्ये ४ जनाको को जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी १५ लाई गोकुलेश्वर अस्पताल लगिएको छ ।बसमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन ।बस दुर्घटना भएको खबर पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना र स्थानीय उद्धार कार्यमा जुटेका थिए । सडकबाट करिब ३ सय मिटर तल खसेको बस क्षतविक्षत भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्