बेपत्ता भएका नातिको खोजीका लागि हजुरआमा सञ्चार गृहमा



सुशिल बस्नेत
दाङ,१६,साउन।
गत माघ महिनादेखि बेपत्ता भएका नातिलाई खोजतलासका लागि सहयोग गरिदिन आग्रह गर्दै तुलसीपुर ६ की दुर्गा डाँगीको सञ्चार माध्यमको ढोका ढोका पुग्ने दिनचर्या झै भएको छ ।

२०७३ माघ १७ गते बिहान १० बजे बिहानदेखि घर छोडि बेपत्ता भएका १८ बर्षिय ऋषिराज डाँगी९शिशिर०को खोजीको पहलका लागि ६२ बर्षिया हजुरआमा सञ्चार संस्था धाउने गर्नुहुन्छ । महेन्द्र माबि कपडादेबिमा कक्षा ८ मा पढदै गरेको शिशिर एक्कासी घर छोडि गएदेखि अतोपत्तो नलागेको दुर्गाले बताउनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालयमा शिशिर बेपत्ता भएको बताएकी दुर्गाले प्रहरीले खोजीका लागि पहल गरे नगरेको थाँह नै नभएको बताउनुभयो । उपचारका लागि नेपालगञ्ज गएका बखत नेपालगञ्जमा समेत होलीया बाँके प्रहरीलाई टिपोट गराएको उहाले जानकारी दिनुभयो । शिशिरकी आमाको मृत्यु भई सकेको,उसको आमाबाट एक वटा बहिनी हुनुहुन्छ भने आमाको मृत्यु पछि कान्छी आमा,एक छोरी हुनुहुन्छ । वुवा,कान्छी आमा,हजुर वुवा,हजुर आमा र दुई बहिनाका साथ शिशिर गोलौरामा बस्दै आउनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्