अमिलियामा एम्बुलेन्स दुर्घटना



दाङको अमिलियामा विरामी बोकेर एक्बुलेन्स दुर्घटना भएको छ । तर कुनै मानबीय क्षति नभएको प्रहरीले बताएको छ ।

बिरामी लिएर रुकुमबाट कोहलपुर जाँदै गरेको रा १ च ७८१ नम्बरको एम्बुलेन्स दाङको लमही नगरपालिका ९ को अमिलियामा दुर्घटना भएको हो ।

दुर्घटनामा रुकुमका ७३ वर्षीय भिमु जैसीको नाकमा सामान्य चोट लागेको ईलाका प्रहरी कार्यालय अमिलियाका असई बितराज रोकायले जानकारी दिए । जैशी दमको रोगी भएकाले उपचारका लागि कोहलपुर लैजाँदै गर्दा शनिबार राति दुई बजे दुर्घटना भएको हो ।

एम्बुलेन्समा जैसी र उनका आफन्त र चालक सवार थिए । बिरामीलाई सतबरिया स्वास्थ्य चौकीको एम्बुलेन्समा कोहोलपुर लगिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्