मंसिर १४ गते शुक्रवारको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा सफलता मिल्दै जानेछ भने कुनै कामको सिलसिलामा यात्रा हुनसक्छ । कार्योन्नतिका साथै कीर्ति लाभको पनि योग देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । फितलो यात्रा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारमा सुख सन्तोष छाउनेछ । इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुनेछैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । साथीभाइसंग भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कतै घुम्न जाने आकस्मिक योजना बन्न सक्छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यमा अवरोध आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । अध्ययनमा रुचि जाग्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्