९ महिना पछि सवारी चालक अनुमति पत्रको लिखित परिक्षा हुदै



सैघाली खबर
दाङ १७ ,साउन

यातायात व्यवस्था कार्यलय राप्तीले ९ महिना पछि मोटर साईकल सवारी चालक अनुमति पत्रको लिखित परिक्षा हुने सूचना प्रकाशन गरेको छ । लामो समय पछी लिखित परिक्षा हुने सूचना प्रकाशन गरेको कार्यालयले बाँकी दरखास्तहरुको कम्प्युटरमा इन्ट्री गर्ने कार्य भएको भन्दै तत्काल सवै दरखास्तको एकै पटक लिखित परिक्षा हुन नसक्ने वताएको छ ।

कार्यलयद्धारा प्रकाशन गरिएको सूचनामा हाल मोटरसाईकल वर्ग “ए” नयाँ दरखास्त दर्ता नं १ देखी ४ हजार सम्मको मात्र लिखित परिक्षा साउन २१ गते तुलसीपुरको गोरखा उच्चमावि वरुवागाँउ तुलसीपुरमा बिहान १० वजे देखी सुरु गरिने बताएको छ ।

साथै प्रबेश पत्र भने साउन १६ गते देखी २० गते सम्म कार्यालयबाट बितरण गरिने र परिक्षामा संलग्न हुने परिक्षार्थीहरुले नागरिकताको प्रमाण पत्र र सक्कल प्रबेश पत्र साथमा लिनु पर्ने बताईएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्