मोटरसाइकल नदीमा खस्यो



सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डबाट मोटरसाइकल तिनाउ नदीमा खस्दा चालकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका-३ हेडवर्क्स नजिकैबाट लु ३० प ४१९३ नम्बरको मोटरसाइकल नदीमा खसेको थियो ।

दुर्घटनामा पाल्पाको तानसेन-९ मदनपोखराका गणेश रेग्मी क्षेत्रीको मृत्यु भएको हो । घटना मंगलबार बिहान पौने ५ बजेको हो । दुर्घटनाको कारण खुलेको छैन ।

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल-तानसेन सडकखण्ड मर्मतको काम भइरहेको छ । त्यसैले मंसिर १७ गतेदेखि १९ गतेसम्म बिहान १० बजेदेखि अपराहृन चार बजेसम्म सडक बन्द गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्