तुलसीपुरमा सवारी दुर्घटना, दुई घाईते



तुलसीपुर।

तुलसीपुरमा फेरी सवारी दुर्घटनामा परी दुई जना घाईते भएका छन् । तुलसीपुर घोराही सडक खण्ड अन्र्तगत तुलसीपुर ७ राजापुरमा तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा ३ प १०३१ नम्वरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको बा १९ च १७६४ नम्वरको स्कापिओ ठोकिदा मोटरसाईकलमा सवार दुई जना घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

घाईते हुनेमा मोटरसाईकल चालक तुलसीपुर ७ पर्सेनीका १९ वर्षिय नारायण केसी र सोहि ठाउँका डम्वर बस्नेत रहेका छन् । उनीहरुको थप उपचारका लागी कोहलपुर रिफर गरीएको डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिएका छन् । ठक्कर दिने स्कारपिओलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्