कार र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालक गम्भीर घाइते



ओमप्रकाश गुप्ता ।
भालुवाङ । देउखुरीको राप्ती गाउँपालिका १ पाखापानीमा विहान ११स्४० बजेको समयमा७लदकउस कार र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

पुर्वबाट पश्चिम तर्फ गईरहेको बा १३ च ४४३४ नम्बरको कार र पश्चिमबाट पुर्व गईरहेको लु ४६ प २७०६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक राप्ती गाउँपालिका ३ मसुरिया निवासी २६ वर्षिय प्रदिप चौधरी गम्भीर घाइते भएका छन् ।

घाइते चौधरीलाई शान्ता मेडिकल हल भालुवाङमा समान्य उपचार पछि भैरहवा रिफर गरिएको छ । कारमा सवार यात्रुहरू भने सकुशल रहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रविन्द्रराज पाण्डेले जानकारी दिएका छन् । कार र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्