बलिउड हिरोइनको गाडी दुर्घटना हुदा एक जनाको ज्यान गयो



बलिउड अभिनेत्री जरीन खानकोकार दुर्घटना भएको छ । दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटना गोवाको मापूसा क्षेत्रमा भएको हो ।

दुर्घटनामा जरीन घाइते भएकी छिन् । उनलाई पणजीको एक अस्पतालमा भर्ना गरिएको छ । घटना बुधबार ६ बजेर २० मिनेटको समयमा भएको बताइएको छ ।

जरीन विदा मनाउनको लागि गोवा पुगेकी हुन् । बेलुका उनी कार लिएर घुम्न जाँदै गर्दा एक मोटरसाइकलसँग उनको कार ठोक्किएको हो । कार निकै तीब्र गतिमा भएको बताइएको छ ।

ठक्कर लाग्नासाथ मोटरसाइकल सवार ३० वर्षका नितेश गोरलको घटनास्थलमे मृत्यु भएको छ । दुर्घटनाका बेला नितेशले हेल्मेट नलगाएको बताइएको छ । गोवा पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्