वालश्रम र वाल विवाहको न्युनीकरणका लागि सञ्चार महत्वपूर्ण हुने



सुशिल बस्नेत
दाङ,१९ साउन।

वालश्रम र वाल विवाहको न्युनीकरणका लागि अन्र्तबैयक्तिक सञ्चार महत्वपूर्ण हुनेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । नवजागरण महिला तथा वाल संरक्षण केन्द्र न्यु सिपीसी तुलसीपुरको आयोजनामा भएको अन्र्तरबैयक्तिक सञ्चार सम्बन्धी तालिमको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

बक्ताहरुले कसको मनमा के छ भन्ने कुरा बुझ्न नसकिने भन्दै ब्यक्ति÷ब्यत्तिबीचमा सञ्चार अर्थात कुराकानी हुन सके त्यसले वाल विवाह र वाल श्रमको अन्त्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् ।

उनीहरुले आमाछोरी, दिदी वहिनी, बाउछोरा तथा दाजुभाइका बीचमा मात्रै पनि अन्र्तबैयक्तिक सञ्चारको राम्रो सँग हुन सके त्यसले वाल संरक्षणको पाटोलाई थप वलियो बनाउनेमा जोड दिएका थिए ।

न्यु सिपीसीका कार्यवहाक अध्यक्ष गोविन्द रजौरेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामिछानेले सञ्चार समाज परिर्वतनको प्रभावकारी माध्यम भएको बताउनु भयो । सोही अबसरमा उपमहानगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीले तुलसीपुरको वडा नं ५ र ६ लाई वाल श्रम मुक्त घोषणा गर्ने अभियानमा तालिम प्रभावकारी हुने बताउनु भयो ।
सिविसका वाल संरुक्षण अधिकृत भरत अधिकारीले वालवालिकाको क्षेत्रमा काम गर्ने संघ÷संस्थाहरु बीचमा समन्वय गरेर काम गर्न सके प्रभावकारी हुने बताउनुभयो । कार्यक्रम संयोजक भिम खत्रीले कार्यक्रमबारे प्रष्ट पार्नुभएको थियो ।

तालिममा उपमहानगरपालिकाका विभिन्न वडा तथा टोल, महिला समूह, आमा समूह, सामाजिक परिचालक, महिला स्वाथ्य स्वयंसेविका लगायत गरी ३० जनाको सहभागीता रहेको थियो । तालिमको प्रशिक्षकहरुमा वाल अधिकार कर्मी तथा तुलसीपुर वडा नं. ६ का अध्यक्ष नवराज लामिछाने, समाज कल्याण अधिकृत टोप बहादुर डाँगी, वालमैत्री सहजकर्ता नानीमैया वली र पत्रकार शुसिल बस्नेत रहनु भएको थियो ।
उक्त कार्यक्रमको न्यु सिपीसीका सञ्चार फोकल पर्सन नारायण भण्डारीले सहजीकरण गर्नुभएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्