एक दशक पछि परिवार खोज्दै गृहजिल्लामा सन्दीप श्रेष्ठ



सैघाली खबर
दाङ १९ , साउन
घर वाट मेला हेर्न निस्किएको ख्याल छ । बा आमा र घर अलि –अलि सम्झन्छु ,प्रष्ट्र छैन । मेला हेर्दा हेर्दा आफै नै हराए । बा , आमा वाट हराए पछि धेरै दुख कष्ट्र खेप्नु प¥यौ । अहिले दाङ मेरो घर भन्ने थाहा थियो । अलिअलि दुख जिलो कमाई गरेको पैसाले गाडी भाडाँ वनाई बा आमा खोज्न आएका छु । १० बर्ष अघि दाङको धानखोलामा लागेको मेला हेर्न गएको सन्दीप श्रेष्ठ नाम बताउने यी वालकलाई परिवारको दाङ आईपुगेका छन । आफ्नो नाम सन्दीप श्रेष्ठ वताउने एक किशोर दाङ आईपुगेका छन ।

मलाई काम गर्ने ठाउँमा सन्दीप श्रेष्ठ भन्थे, नाम सायद यही होला, तर मेरो घर कहाँ हो, बुवाआमा कहाँ हुनुहुन्छ ? मलाई केही थाहा छैन, काठमाण्डौंबाट बुधबार दाङको तुलसीपुर आएका वालकले आशालाग्दो स्वरमा भने ‘ मेरा बा , आमाले धानखोला मेलामा लग्नु भएको थियो । ’ मेरो घर दाङ नै होला भनि यहाँ आएको हुँ । ’

परिवारबाट छुटेको ४÷५ बर्ष सम्म काठमाण्डौंमा शरोज डिसीको घरमा बसेर काम गर्दै पढेको बताउने सन्दीपले साहुनीको कुटाइ सहन नसकेर त्यहाँबाट निस्केको बताए । अंकलले राम्रै गर्नुहुन्थ्यो, अन्टीले कुटेको सहन नसकेर साइकल लिएर भागेको हुँ, उनले भने । सन्दीपले काठमाण्डौंबाट भागेर आफू सिन्धुपाल्चोक पुगेको र त्यहाँ महेन्द्र श्रेष्ठ भन्ने दाइ रिभरवभ र्याफ्टीङ एण्ड रिसोर्टका सञ्चालकले काममा लगाएको बताए ।

 

सिन्धुपाल्चोक हुँदा आफूले पर्यटकलाई गाइड गर्ने काम गरेको बताउने सन्दीपले वुवा आमा र परिवारको सम्झनाले सताउन थालेपछि घर खोज्दै आएको सुनाए । सिन्धुपाल्चोकका स्थानिय शुरेस लामाले अखिलका अध्यक्ष नवीना लामालाई सम्पर्क गरेको र उनीले अखिल दाङका अध्यक्ष विरवल खड्कालाई सम्पर्क गरेपछि सन्दीप दाङ आइपुगेका हुन् । अखिल दाङका अध्यक्ष खड्काले सन्दीप आफूसँग बसेको र परिवार खोजिदिन सबैलाई आग्रह गरे ।

झण्डै दशक पछि गृह जिल्ला फर्केका सन्दीपले आफ्नो घर धानखोला नजिक भएपनि कुन ठाउँ हो, वुवा आमाले के गर्नुहुन्छ भन्ने केही जानकारी नभएको बताए । परिवारमा दाजुभाइ र दिदीवहिनी पनि छन् की छैनने मलाई केही जानकारी थाहा छैन उनले भने । सन्दीपले आफ्नो उमेर १८ बर्षको हाराहारीमा भएपनि हालसम्म नागरिकता त परैको कुरा जन्मदर्ता समेत नभएको बताए । आमा बुवाको काखमा रमाउने उमेरमा अरुको घरमा बस्दा भोगेको पीडाको पहाडले थिचिएका सन्दीपले परिवार खोजिदिन सबैलाई आग्रह गरेका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्