बागेश्वरी मन्दिरका पुजारीलाई कार्वाहीको माग



नेपालगञ्ज २१ साउन ।  बाँकेका कानून ब्यवशायीले बागेश्वरी मन्दिर ब्यवस्थापनका सम्बन्धमा अदालतले दिएको आदेश कार्यान्वयनको माग गरेका छन ।
सार्वजनिक सरोकारको विषयमा वकालत गर्दै आएका कानून पत्रकार समाज बाँकेका संयोजक अधिवक्ता लोक बहादुर शाह, उपभोक्ता हित संरक्षण मञ्च, बाँकेका अध्यक्ष अधिवक्ता बसन्त गौतम, उच्च अदालत बार एशोसिएसन नेपालगञ्जका अध्यक्ष अधिवक्ता बल बहादुर चन्द र नेपाल बार एशोसिएसनका पुर्व केन्द्रिय उपाध्यक्ष पह्लाद बहादुर कार्की सम्मिलित टोलीले नेपालगञ्ज उप–महानगरपालीकाको मेयर डा.धवल सम्शेर राणा र उपमेयर उमा थापा मगरलाई उनीहरुकै कार्यकक्षमा भेटी बागेश्वरी मन्दिर ब्यवस्थापन गर्न अदालतले दिएको आदेश कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन ।

बागेश्वर मन्दिरको नाममा रहेको करोडोंको चल–अचल सम्पती  हिनामिना पार्ने पुजारी लाई बर्खास्त गर्न यस अघि पनि गुठि ब्यवस्थापन समितीले गरेको काममा केही समय पुजारीलाई सम्पती फिर्ता र ब्यवहारमा परिवर्तनको समय दिएकोमा  राजु  भनी चिनीने चन्द्रनाथ योगीको पुरानै रबैया जारी रहेकोले अभिलम्ब कानुनी दायरामा ल्याएर सम्पती हिनामिना पार्नेलाई कार्वाही गरी गुठी ब्यवस्पन समिती मार्फत अर्को पुजारी नियुक्त गनुपर्ने काम भइरहेको स्रोतले बताएको छ ।

धर्म र शान्ती सदभावको नाममा धार्मिक संस्थाका पुजारीलार्इ केही प्रथामिकता नागरिक समाज बाट दिइएकोमा भ्रष्टाचार बाट बच्न पुजारीहरुले गलत तरीकाले आफु महन्त भएको र गरेपनी चन्द्रनाथ योगी १९६८ मा तत कालीन सरकारले पुजारी कै रुपमा मन्दिरमा पुजा गर्न चन्द्रनाथको सन्ताललारई जिम्मेवारी दिएको थियो ।

पुजारी चन्द्र नाथ उर्फ राजु महन्तले बागेश्वरी मन्दिरको करीब १० बिघा जग्गा आफनो नाममा पास गराएर करीब ८ बिघा बेचिसकेका छन र मन्दिरको करोडौंको सम्पती हिनामिना भएकोमा यस अघिका प्रजिअ हरुले   सार्वजनिक सम्पती हिनामिना गर्ने पुजारीलार्इ कार्वाही प्रक्रिया अगाढी बढाउन लागेकोमा केही समय कार्वाही प्रक्रिया रोक्न बिभिन्न क्षेत्रबाट अनुरोध गरेका थिए । मन्दिर पूर्णरुपमा गुठी संस्थानले हेर्ने र कानुनी रुपमा उपचार खोज्ने गरी कार्वाही प्रक्रिया स्थगित गरीएको थियो ।

गुठी संस्थानले पनि अदालतले मन्दिरको करीब १० बिघा जग्गा राजु महन्त बताइने मन्दिरको पुजारी चन्द्रनाथ योगीले सम्पती हिनामिना पारेको प्रमाणित गरेपछी पुजारीलाई कानुनी दायरामा ल्याउन सम्वन्धीत निकाय ध्यान जानु पर्ने गुठी स्रोतले बताउदै आएको  छ ।

अदालतले समेत मन्दिरलाई ब्यवस्थित गर्न गरेको परमादेश कार्यन्वयन नभएकोमा चन्द्रनाथ योगीले शान्ती सदभावको नाममा केही ब्यक्तीले पगरी गुथाएर संयोजक बनाएकोमा आफु यो नगरको उच्च ब्यक्ती भएको भन्दै मन्दिरका सहयोगी तथा भक्तजनहरुलाई अनाबश्यक रुपमा थर्काउने गरेको स्रोतले बताउदै आएका छन । मन्दिर गुठी संस्थान अन्तरगत भएकाले त्यसलाई गुठीले नै ब्यवस्थापन गर्ने बताउदै तर मन्दिरका पुजारी चन्द्रनाथले मन्दिरको आय बिारण तथा चल–अचल सम्पतीमा गरेको हिना मिनाबारे केही समय अघि नेपालगञ्ज आएको टोली समक्ष पनि अभद्र ब्यवहार प्रस्तुत गरेको स्रोतले बताएको छ । आएका छन ।

यस अघिका प्रजिअ श्याम प्रशाद मैनाली र धु्ब्रराज वाग्लेले पुजारी राजु योगी उर्फ चन्दनाथले मन्दिरको सम्पतीमा भ्रष्टाचार गरेकाले कानुन बमोजिम कार्वाही गरी हर्को पुजारी नियुक्त गर्न गुठ संस्थानलाई आग्रह गरेकोमा ततकालीन समयमा बर्तमान मेयर धवल शम्शेर राणाको आग्रहमा केही समयको लागी छुट दिइएको थियो भने शिब सेना नेपालबाट पनि बारम्बार सुध्रिन  भन्दै चेतावनी दिइएको थियो । नेपालगञ्जका कानुन ब्यवसायीले कानुनी उपचारको लागी अदालतमा बिषय प्रबेशका लागी मुद्धा दायर गरी पुजारी दोसी देखीएकोमा कार्वाही प्रक्रिया अगाढी बढाउन वकीलहरुले शुक्रबार नगरपालीकाको ध्यान आकर्षण गराएका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्