पिक अप भ्यानले ठक्कर दिँदा दूधे बालिकाको मुत्यु



महोत्तरीको बर्दिबासमा दूध बोकेको पिक अप भ्यानले ठक्कर दिँदा एक दूधे बालिकाको ज्यान गएको छ । आइतबार बिहानको समयमा दूध संकलन गर्ने क्रममा पिक अप भ्यानले ठक्कर दिँदा बर्दिबास नगरपालिका ९ पशुपतिनगरका रामपुकार महतोकी डेढ वर्षीया छोरी आरतीकुमारी महतोको ज्यान गएको हो ।

ना १ च ९७२८ नम्बरको विजय दूध डेरीको पिक अप भ्यानको ठक्कर दिँदा बालिकाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ ।

ठक्कर दिने गाडीसहित सवारीका चालक धनुषा मिथिला नगरपालिका ५ का ४२ वर्षका केशव गिरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्