कालिकोट आगलागी अपडेट -८७ घर जलेर नष्ट



कालिकोट – पलाँता गाउँपालिका १ को खाडाबस्तीमा आगलागी भएको छ । आगलागीबाट ८७ घर जलेको प्रहरीले जनाएको छ  ।

आगो नियन्त्रण गर्न खोज्दा पलाँता १ का कर्णप्रसाद न्यौपाने, देवराज हमाल, बिष्णुऋषि न्यौपाने, करिश्मा न्यौपाने, रत्न न्यौपाने, रत्नलाल न्यौपाने र पचाल झरना ६ की चन्द्ररुपा न्यौपाने सामान्य घाइते भएका छन् । २ भैंसी, २ बाख्रा र १४ गोरु जलेका छन् । खानेपानीको अभाव रहेको खाडाबस्तीमा आगो नियन्त्रण लिन कठिनाइ भएको छ । खाडा खरको छाना भएको पलाँता घना बस्ती हो ।

स्थानीय शिक्षक नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले खरका छाना भएका खाडा गणेश आधारभूत विद्यालय सगैको टोलको बस्तीका आगलागी भएको हो । मानवीय क्षति भने नभएको स्थानीयबासिन्दाले जनाएका छन् ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी र पलाता विकास निर्माण कार्य दलका सदस्य गाउँमा पुगिसकेका छन् । राहत र उद्दारका लागि आवश्यक तयारी भइरहेको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्