दाङमा बसले ठक्कर दिदा एक जनाको मृत्यु,घटना स्थल नियन्त्रण लिन प्रहरीद्धारा लाठीचार्ज, भिडियो सहित



दाङ । बसको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ । घोराही उप–महानगरपालिका वडा नं. १४ लखन पार्क नजिक लु २ ख १६०२ नम्वरको बसले रा३प १९७४ नम्बरका स्कुटीलाई ठक्कर दिएको हो । बसको ठक्करवाट घोराही उप–महानगरपालिका वडा नं. १८ का मेघराज पुनको ज्यान गएको वडा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घर्दुटना परि सोही वडाका महेश वुढा घाईते हुन भएको छ । घाईतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ पुनको ज्यान गएपछि अहिले घटना स्थल तनाव ग्रस्त बनेको प्रहरीले जनाएको छ । घटना स्थललाई सर्वसाधारणले नियन्त्रणमा लिन खोजेपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ । घटना स्थलमा वरपर ठुलो मात्रा प्रहरी परिचालन गरिएको छ ।

https://www.youtube.com/watch?v=JjSMnOawWAo

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्