रिलायन्स लाईफ इन्सोरेन्सको शाखा दाङमा 



देवी भण्डारी,
घोराही।
रिलायन्स लाईफ इन्सोरेन्सले दाङमा शाखा उद्धघाटन गरेको छ । घोराहीमा आज एक कार्यक्रमका विच घोराही उपमहानगरपालिका उपप्रमुख सिता सिग्देल न्यौपानेले शाखा उद्धघाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अथिति न्यौपानेले मानवको बुढेशकालको साहारा विमा भएको भन्दै विमा हरेकले गर्नु पर्ने बताउनु भएको थियो । साथै उहाले विमा बनाउदा व्यक्तीलाई विश्वास दिलाएर बनाउन पनि आग्रहगर्नु भएको छ । त्यस्तै उहाले संस्था स्थापना गर्दा स्थानीय सरकारसंग समन्वय तथा दर्ता गर्न पनि संचालकहरुलाई आग्रहगर्नु भएको थियो ।
त्यस्तै कार्यक्रमा रिलायन्स लाईफ इन्सोरेन्सका कार्यकारी प्रमुख निराजन कडेलले दर्ता प्रत्रिया अगाडि बढाएको भन्दै स्थानीय निकायसंगको समन्वयमा अगाडि बढ्ने बताउनुभएको थियो । कार्यत्रममा दाङजिल्ला उद्योग वाणिज्यसंघका अध्यष नारायणप्रसाद भुसाल लगाएतले बोल्नुभएको थियो । कार्यक्रको सहजीकरण बा्रन्च मेन्याजर रुद्रप्रसाद अधिकारलिे गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्