मौरीका घार बनाउने महिला काठ मिस्त्री



गोविन्द खड्का,
घोराही।
टुक् टुक् टुक् टुक् काठमा किला ठोकीरहेको मधुर आवाज । पारिलो घाममा पिठ्यू फर्काएर बसेकि, अनुहारको घाम छल्न टाउकोमा बर्को गुथेकी । कुरा गर्नुपरे मुन्टो नउठाएरै बोल्ने ।

हात निरन्तर चलाई रहने । आफ्नो काममा व्यस्त । स्रहानीय अनुशासन् ।
यो ईमान्दारीता र मेहनत राप्ती एपिकल्चर सेन्टर एवं राप्ती मौरी पालन सामाग्री उत्पादन तथा बजारी करण घोराही १३ डुमरगाउँमा कार्यरत आरती चौधरी को हो । उहाँको विहान ६ देखि साँझ ६ बजे सम्मको दैनिकी काठ खेलाएरै विच्छ । माहुरीका घार बनाउने महिला मिस्त्री बन्नुभएको छ ।
मौरीका घार बनाउन साना फ्रेममा लाग्ने मसिना काँटिमा ठोकिँदाको हथौडाको आवाज कमजोर छैन । उहाँका अनुसार सबै भन्दा मेहनत यसैमा लाग्छ ।

ढिलो हुने र झन्जटिलो काम हो । łखामा सामा काट्न पर्छ । सबै भन्दा यहि त अफ्ठेरो हो । कापमा छिराएर काँटि ठोक्दै गरेको देखाउँदै भन्नुभयो, कति चोटि मेसिनमा हाल्नुपर्छ । टाईम लाग्छ । ढिलो हुन्छ । उहाँका अनुसार खापमा नमिल्ने, काँटि ठोक्दा च्यातिने, फ्ट्ने जस्ता झन्जट छन् ।

यसमा लागेको तिन चार बर्ष बढि भयो । आफ्नो उमेर यति भयो, काम गर्न लागको यतिबर्ष पुग्यो जस्ता कुारमा चौधरीलाई चासो छैन । त्यसैले यतिनै भयो भन्ने एकिन समय भन्न पनि आउँदैन ।

महिलाले पनि माहुरीका घार बनाउन जान्छन् र ? यो प्रश्न धेरैका मनमा हुन्छ । महिलाले माहुरी काटेपछि मासिन्छ भन्ने समाज दुरदराजमा अझै पनि जिवितै छ । ति सबैलाई जवाफ दिन चौधरीको कला प्रयाप्त छ, जसले सैयौ घारहरु तयार गर्छ ।
मासिक १२ हजार तलव संगै ओ टि गर्दा त्यसको आधा थपिन्छ । उसै त आफ्नै पेशाले सानो तिनो परिवार धान्न सकिन्छ । त्यसमा अर्को सन्तुष्टिको उपाए छ श्रीमान् क्रिमबहादुर दिन रात साथमै रहनुहुन्छ ।

उहाँ मेसिन चलाउने मिस्त्री खुशिले धपक्कै बलेको अनुहारमा हाँस्दै थप्नुभयो, łम त्याँ पनि सहगोग गर्छु । एउटै फेक्टीमा श्रीमान् श्रीमति सबै हिसावमा सन्तुष्टिको छ । कमाई गर्न विदेश जान्छन् । उनिहरुको जोडीले मासिक चालिस हजार यतै कमाउँछ ।

तर पनि मेसिनको जोखिमी काम भएकाले तलव थपेहुन्थ्यो भन्ने लाग्छ ।
धेरैजाना हेल्परहरुलाई मुख्य मिस्त्री बनाउनुभएको छ क्रिमलालले ।

गर्दै र सिक्दै जान्ने मिस्त्रीमा आरती पनि पर्नुहुन्छ । दुवैको पेशा र सिपले सासु ससुराको पालामा कैलालि गएको परिवार दाङ फर्किनो चाँजो मिलाउँदैछ ।

घर बनाएर यहि बस्ने तयारी भएको उनिहरु बताउँछन् । घर बनाउने कमाई जुटाईरहेको छ । छोराले पनि विहे गरीसक्यो ।

अहिलेलाई दुई सय २७ घार तयार गर्ने काम आएको छ । धमा धम् निर्माणकार्य चलिरहेको छ । अघिल्लो महिना दुईसय घार विक्रि भएको थियो । यसरी घार तयार गर्ने र बेच्ने काम निरन्तर चलिरहेको छ । कामको अभाव छैन ।

परिश्रम र लगनशिलताको पनि कमी हुँदैन ।
उद्योग सन्चालक दिप कुमार बुढामगरका अनुसार चौधरीहरुले काम गर्न लागेको सात आठ बर्ष भैसकयो ।

सिपालु मान्छे हुन् । यो चाहियो, यस्तो यस्तो सामानको जरुरी छ भनेर रोलक्रम मिलाईदिने मात्रै हो उनिहरुप्रति पुर्ण विश्वास रहेको भन्दै बुढामगरले थप्नुभयो, łबाँकि हेर्नुपर्देन ।

उनले नै काम निकाल्ने हुन् । मलाई ठगेर के गर्छौ तिमिहरुलाई नै मन पोल्छ भन्छु । अचानक अचानक जान्छु । गल्ती भेटान्न । यसरी लामो समय देखि बिश्वास जितेका छन् । संगै ज्युने संगै मर्ने कसम खाएको जोडिको साँच्चै उदाहरण छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्