हामीले जुनसुकै धर्म माने पनि हाम्रो मन नेपाली होः सांसद् चौधरी



दाङ । प्रतिनिधि सभाका सदस्य तथा नेकपा सांसद् मेटमणी चौधरीले सबै धर्म मान्ने नेपाली एकै भएको उल्लेख गर्नुभएको छ । उहाँले क्रिस्मसको उपलक्षमा दाङको घोराहीमा आयोजित एक कार्यक्रमा यस्तो बताउनु भएको हो ।

नेपाल सरकारले सम्पूर्ण धर्मलाई एकै रुपमा हेरेको पनि सांसद चौधरीले उल्लेख गर्नु भएको छ । २०७२ सालमा बनेको नेपालको संविधनले नै धर्म निरपेक्षतालाई मान्यता दिएकोले कसैले पनि हामी ठूलो धर्मको हो र हामी सानो धर्मको हो भनेर नभन्न समेत आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ–‘नेपाको संविधान २०७२ ले नै धर्म निरपेक्षताको बारेमा व्यवस्था गरेको छ । हामीले जुन धर्म मानेपनि हामी सबैको मन नेपाली हुनुपर्छ ।’

कार्यक्रमा बोल्दै सांसद् चौधरीले चर्चलाई आवश्यक सहयोग र्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको छ । आ–आफ्नो जाति र समुदाय अनुसारको धर्म हुन सक्छ त्यसलाई राज्यले नै व्यवस्थापन गर्नु पर्छ भन्ने सांसद् चौधरीको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्