नेपाल राष्ट्र  र राष्ट्रपति विद्यादेवी भण्डारीको गर्नसम्म बेईज्जत गरे : परराष्ट्र मन्त्रालय



काठमाडौँ, ११ पुस। नेकपाका नेता, परराष्ट्र मंत्री प्रदीप ज्ञवाली र सचिव शंकर दास वैरागीको नेतृत्वमा रहेको नेपालको परराष्ट्र मन्त्रालयले   नेपाल राष्ट्र  र राष्ट्रपति विद्यादेवी भण्डारीको गर्नसम्म बेईज्जत गरेका छन्।

आठ कक्षा पढेको विद्यार्थीले समेत सही र गलत छुट्टयाउन सक्ने विषयमा परराष्ट्रका नालायक सचिव बैरागीको प्रशासनले राष्ट्रपति र र नेपाल राष्ट्रकै गर्नसम्म बेईज्जत गर्ने काम गरेको छ।    यस्तो गम्भीर र अक्षम्य विषयमा गतिछाडा कूटनीति संचालकका नायक सचिव बैरागीलाई   तत्काल बर्खास्त गर्नुपर्छ र परराष्ट्र मंत्री प्रदीप ज्ञवालीले नैतिकताको आधारमा राजीनामा दिनु पर्छ।

शोक सन्देशलाई बधाई  सन्देशमा परिणत गर्ने यस्तो भूल को बाट, किन, कसरी हुन गयो ? संसदीय समितिले छानबिन गर्नु पर्छ।   सुनामीले पीडित राष्ट्र र हजारौं इण्डोनेशियाली जनता  घाइते भएको र सयौंको ज्यान गएको दुखद घडीमा  त्यहाँका राष्ट्रपति जोको विडोडोलाई नेपालबाट शोक /समवेदना सन्देश पठाइन्छ कि बधाई  सन्देश ?? यति कुराको पनि भेउ नपाउने परराष्ट्रका  नालायकहरुलाई तत्काल कारवाही गर्नु पर्ने माग जनताले गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्