सिमेन्ट उद्योगमा आगलागी



दाङको घोराहीमा रहेको सगरमाथा सिमेन्टको उद्योगमा आगलागी भएको छ । घोराही उपमहानगरपालिका–३ गोग्ली स्थित घोराही सिमेन्ट ईन्डष्ट्रिजको नयाँ निर्माणाधिन क्लीङ्कर स्टक पाईल (सिएसपी) भवनमा विद्युत सर्ट भई आगो लागेको उद्योगले जनाएको छ ।

आगलागीवाट निर्माण सामाग्रीका साथै वेल्डिङ मसिन ५ वटा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागीमा वेल्डिङ प्रयोग हुने ३ थान ग्यास सिलिण्डर विस्फोट भएको थियो । आगो नगरपालिकाको दमकल र नेपाल प्रहरीको सहयताले नियन्त्रण आएको उद्योगका जनसम्पर्क अधिकारी अमर सुवेदीले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्