ईलाका प्रहरी कार्यलयको अयोजनामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न



अजय मिश्र/कपिलवस्तु कपिलवस्तुको विजयनगर गाउपालिका को प्रेमनगर मा रहेको श्री हरिबोध प्राथमिक बिद्यालय मा ईलाका प्रहरी कार्यलय गणेशपुरको अयोजनामा नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम को अध्यक्षता जेष्ठ नागरिक हिम बहादूर काउचा मगर ले गर्नु भयो विजयनगर गाउपालिका को उपप्रमुख लक्ष्मी कुमारी चौधरी,विजयनगर गाउपालिका वडा नं.१अध्यक्ष इन्द्र थारु वड नं.२का अध्यक्ष नेपाल थारु वडा नं.४का अध्यक्ष तिलक कडेल वडा नं.७का अध्यक्ष दिनेश कुमार चौधरी,ईलाका प्रहरी कार्यलय कृष्णनगर प्रहरी निरीक्षक सूर्य बोग्टी,बालजी चौधरी,नयाँ शक्ति पार्टी का जिल्ला सचिवालय सदस्य राम नरेशपुरी प्रहलाद पाण्डेय लगायत स्थानिय समाज सेवी शिक्षा प्रेमी न्यायप्रेमी भद्रभलादमी पत्रकारहरुको उपस्थिती थियो।

 

कार्यक्रमको संचालन गर्दै ईलाका प्रहरी कार्यलय गणेशपुर प्रहरी निरीक्षक नविन पौडेल ले नेपाल प्रहरी को संस्थागत प्राथमिकता मध्येको एक प्रमुख कार्यक्रम नागरिक सुनवाई कार्यक्रम हो।प्रहरी सेवा मा आम नागरिक को पहुच सुनिश्चित गराउन,प्रहरी सेवा आम जन मानस मा पारदर्शी ,प्रहरी सेवा मा जन सहभागिता गराउने लगायत उद्देश्य राखि विक्रम संम्वत २०७०साल देखि नागरिक सुनवाई कार्यक्रम संचालन गरिदै आएको छ।

 

साथै पौडेल ले त्रैमासिक प्रगति समिक्षा का बुदाहरु प्रस्तुत गर्दै पछिल्लो ३ महिनामा ७ लाख ९० हजार बराबर को राजस्व संकल्न,दर्जनौ सचेतनामुलक कार्यक्रम संचालन ,बिद्यालय संपर्क कार्यक्रमहरु लगायत अन्य प्रगति विवरण पेश गर्नु भयो साथै उपस्थित जनता लाई प्रहरी ले गर्दै आएको कार्यमा कमी कमजोरी र गरेको कार्यको बारेमा बोलने मौका दिइयो।

उपस्थित सभा बाट विभिन्न व्यक्ति ले नेपाल प्रहरी को कार्य को प्रशंसा गर्दै लैगिंक हिंसा,खुल्ला रुपमा मदिरा बिक्री वितरण,लागूऔषध,घरेलू हिंसा,चोरी तस्करी,किसानको मल खाद्य आदि बिषयमा आवाजहरु उठाइयो। पछि उक्त सबै कुरा को जवाफ पौडेल ले निकै तार्किक रुपमा दिई कार्यक्रम सफल भएको सबै लाई धन्यवाद दिए। कार्यक्रमका अध्यक्ष हिम बहादूर काउचा मगर ले पनि आफ्नो मन्तब्य राख्दै सबै उपस्थित सभा का जनता लाई धन्यवाद दिदै कार्यक्रम को समापन गर्नु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्