पुष १६ गते सोमबारको राशिफल



विक्रमसम्वत २०७५ साल पुष १६ गते सोमबार नेपाल सम्बत ११३९ थिंल्लागा,सन् २०१८ डिसेम्बर ३१ तारिक कृष्णपक्ष दशमी तिथि राती ४ वजेर २७ मिनेटसम्म उप्रान्त एकादशी तिथि, चित्रा नक्षत्र मध्यान्ह १२ वजेर १९ मिनेटसम्म उप्रान्त स्वाती नक्षत्र,अतिगण्डयोग,वणिजकरण, आनन्दादियोग मुद्गर,सूर्य धनु राशीमा,चन्द्रमा तुला राशीमा । काल वायव्य दिशामा पास आग्नेय दिशामा,योगिनी उत्तर दिशामा,शुक्र पूर्व दिशामा र चन्द्रमा पश्चिम दिशामा रहनेछन् । पश्चिमको यात्रा शुभ देखिन्छ । योगिनी,काल र पाश सम्मुख पारेर कुनै काम नगर्नु होला । चन्द्रमा दाया सदैव शुभ रहने छन् भने पहेला र सेता चन्द्रमा सम्मुख पनि शुभ मानिन्छ । आज कुम्भ लग्नमा अन्न प्राशनको शुभ साईत रहेकोछ ।

मेषः– समयले साथ दिनेछ । पारिवारिक सहयोगमा वृद्धि हुनेछ । नोकरीमा भूमिकाको खोजी हुनेछ । मुद्धा मामिलामा जीत हुनेछ । लोभमोह बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति कम हुनेछ । व्यापारबाट आम्दानी कम हुनेछ । बैदेशिक कार्यमा आँशिक सफलता मिल्नेछ । पढाई लेखाईमा ध्यान जाने छैन । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

वृषः–विरोधी सल्बलाउने छन तर तीनले केहि गर्न सक्ने छैनन तर सतर्क रहनु होला । गोप्य सूचना नचुहाउनु होला । संघर्षबाट सफलताका सिढि चढ्न पाईनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । सुरक्षित आर्थिक करोवार गर्नु होला । शैक्षिक गतिविधि कम हुनेछन् । प्रतिश्पर्धाबाट नभागि अगाडि बढ्नु होला । अरुको भरु नपर्नु होला ।

मिथुनः– दुविधा बढ्न सक्छ । आफुमा भएको ज्ञान शिपको प्रयोग गरी काम गर्नु होला । समयमा निर्णय लिन सकिएन भने आफ्नो ठाँउ अरुले लिने छन् । आलस्यता बढ्नेछ । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । चालु पूँजीको अभावमा काम गर्न गाह्रो हुनेछ । धन दिएर आफन्तलाई टाढा नबनाउनु होला ।

कर्कटः– घर डेराको समस्या पर्न सक्छ । शरीरिक एवं मानसिक शिथिलता बढ्नेछ । भाई बन्धुको सहयोग कम मिल्नेछ । विवादित काममा हात नहाल्नु होला । धन सम्पतिको विषयलाई लिएर बढि टाउको दुखाई हुनेछ । घरपरिवारमा समस्या आउन सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ ।

सिंहः– राजनीतिमा चासो बढ्नेछ । आफ्नै बाहुबलबाट कार्य सम्पादन तथा आर्थिक उन्नति हुनेछ । बाहिरी कामलाई कम प्राथमिकता दिनु होला । साहास,धैर्यता र पराक्रम बढ्नेछ । घर परिवारबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । बौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ ।

कन्याः– कुरामा भन्दा काममा जोड दिनु होला । कमाईमा भन्दा रमाईमा बढि समय जानेछ । ईष्टमित्रबाट सहयोग पाईने छैन । घरका समस्या मिलाउन समय लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । वचाएर राखेको धन खर्च हुनसक्छ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहला । हतारमा गरेका काम विग्रिने छन् ।

तुलाः– शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनु हुनेछ तर भ्रमबाट मुक्त भएर अगाडि बढ्नु होला । भोज भतेर तथा सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । रोकिएका काम अगाडि बढ्ने छन् । व्यापारमा क्रमिक सुधार आउनेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । लोभमोह बढ्नेछ । ईष्टमित्र साथी भाईबाट सहयोग अल्प मिल्नेछ ।

वृश्चिकः– दिन अलमलमा व्यतित हुने देखिन्छ । मनमा महत्व पालेर मात्रै काममा प्रगति हुने छैन । उपलब्धिका काम भन्दा खर्चका काम सहज रुपमा हुनेछन् । आतिथ्यता खर्च बढि हुनेछ । इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । लगानी नबढाउनु होला गरेमा डुब्नेछ ।

धनुः– समय अनुकुल नै देखिन्छ । मनोवाञ्छित काम पुरा हुने योगछ । जागिरबाट लाभान्वित हुनुहुनेछ भने राजनीतिमा सक्रियता बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । कहि कतैबाट पुस्कार मिल्न सक्ने कुरालाई नकार्न सकिन्न । परिवारमा सुख शान्ति मिल्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

मकरः– गतिरोधको अन्त्य हुनेछ । समयले पूर्ण साथ दिनेछ । काममा देखिएका समस्या समाधन हुनेछन् । विवादित कामको टुङ्गो लाग्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । सामाजिक प्रतिष्ठ बढ्ला । जागिरबाट लाभ हुनेछ । राजनीतिमा चासो बढ्नेछ । हतारमा भने कुनै निर्णय नलिनु होला ।

कुम्भः– झुट्टा आश्वासनमा फस्ने सम्भावना देखिन्छ सतर्क भई काम गर्नु होला । मानसिक तनावमा कमि आउनेछ । आलोचनाबाट मुक्त हुनुहुने छैन । समस्याहरु विस्तारै कम हुनेछन् । अनावस्यक खर्चमा कमि आउनेछ । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । आस्था र विश्वास पलाउनेछ । धार्मिक यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

मिनः– दिन प्रतिकुल देखिन्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला । विश्वासको संकट पर्नेछ । आफ्नो सोचाईको विपरित काम हुनेछन् । मानसिक चिन्ता बढ्नेछ । पढाई लेखाईमा अवनति हुनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । कर्म क्षेत्रमा दुष्टहरुको आगमन हुनसक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्